कोरोनाले विश्वभर दैनिक हजारौ मृत्यु र संक्रमित हुने क्रम अझै रोकिएन, ३ लाख ३९ हजार बढीको मृत्यु, ५३ लाख नजिक संक्रमित

कोरोनाले विश्वभर दैनिक हजारौ मृत्यु र संक्रमित हुने क्रम अझै रोकिएन, ३ लाख ३९ हजार बढीको मृत्यु, ५३ लाख नजिक संक्रमित

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

जेष्ठ १० एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दैनिक हजारौको मृत्यु हुने क्रम अझै रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वभर करीब ५ हजार मानिसको मृत्यु भएको छ । यो सगैँे कोरोनाले ६ महिनाको अबधिमा अहिले सम्म ३ लाख ३९ हजार मानिसको मृत्यु भएको छ । यस्तै कुल संक्रमित ५२ लाख ९७ हजार पुगेको छ । यसै अवधिमा निको भएर घर फर्कनेको संख्या २१ लाख ५० हजार पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १६ लाख ४४ हजार नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३६ हजार ३ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ५४ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३२ हजार ६ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २८ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ८२ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २८ हजार ६ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८१ हजार बढी रहेको छ । स्पेनमा लामो समय पछि फेरी एकै दिन ६ सय बढीको ज्यान गएको छ ।
रुसमा संक्रमितको संख्या ३ लाख २६ हजार नाघेको छ भने मृतकको संख्या ३२ सय नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या २१ हजार बढी पुगेको छ भने संक्रमितको संख्या पनि ३ लाख ३० हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख १४ हजार ७ सय नाघेको छ भने ३ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ