पाकिस्तानमा आज दिउसो ९० जना यात्रु र ९ जना चालक दलका सदस्य रहेको पाकिस्तानी एयरलाईन्सको बिमान दुर्घटनाग्रस्त भएको छ । कराचाीको मोडल कोलोनी ईलाकामा खसेको बिमान पिके ८३०४ रहेको छ ।
यसबाट भएको मानवीय क्षतिको बिबरण आईनसकेको पाकिस्तानी सञ्चार माध्यमरुले जनाएका छन् । घना बस्ती भएको क्षेत्रमा बिमान खसे पछि धुवाको मुस्लो देखिएको छ । अहिले सुरक्षा फौजले उद्धारकार्य जारी राखेको छ ।
यो जहाज लाहौरबाट कराची आउदै थियो । प्रारम्भिक रिपोर्ट अनुसार सवार सबै यात्रु चलक दलका सदस्यहरुको मृत्यु भएको अनुमान गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्री ईमरान खानले यस घटनाप्रति दुखः व्यक्त गर्दै घटनाको तत्काल छानविनका लागि निर्देशन दिएका छन् ।
Visuals show thick plumes of smoke rising from residential area in the vicinity of #Karachi airport after the crash of a #PIA plane coming from #Lahore with reportedly 107 passengers and crew on board.
Video: WhatsApp pic.twitter.com/5ESRGhSsWL
— The Express Tribune (@etribune) May 22, 2020