तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेसन सुरु

तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेसन सुरु

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी, ९ जेठ । कोारेना महामारीका कारण निर्धारित समयमा हुन नसकेको चीनको सर्वोच्च संस्थाको रुपमा रहेको तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेसन शुक्रवारबाट सुरु भएको छ ।

सन् १९९८ देखि नियमित रुपमा मार्च ३ मा सुरु हुने अधिवेसन यस वर्ष भने कोरोना भाइरस महामारीका कारण पूर्व निर्धारित तालिका भन्दा ढिलो सुरु भएको हो ।

गत वर्ष चीनकै वुहान शहरबाट सुरु भएको कोरोना महामारीका कारण २ महिना ढिलो सुरु भएको राजनीतिक गतिविधिले अब चीन पुरानै लयमा फर्कन लागेको बताइएको छ ।

सन् २०२० मा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले महामारी नियन्त्रण सामान्यीकरण गर्ने र आर्थिक, सामाजिक विकासको कार्यलाई व्यवहारमा उतार्ने विषयमा छलफल गर्ने बताइएको छ ।

सम्मेलनमा राष्ट्रिय लक्ष्यअनुरुप केन्द्रित रहेर गरिबी निवारणको लक्ष्य पूरा गर्ने लडाईँमा विजयी भएर सम्पूर्ण रुपमा सम्पन्न समाजको चौतर्फी निर्माण पूरा गर्न प्रत्याभूति दिने विषयमा समेत छलफल हुने बताइएको छ ।

त्यसैगरी महामारीको पृष्ठभूमिमा चीनले आर्थिक तथा सामाजिक विकासका लक्ष्य कसरी पूरा गर्ने भन्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।

सात दिनसम्म चल्ने अधिवेसनमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्य प्रतिवेदनको अनुमोदनका साथै सरकराको कार्य विवरणमा पनि छलफल हुने चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ