कोरोनाका कारण विश्वभर संक्रमितको संख्या ५१ लाख ८८ हजार माथि, मृतक ३ लाख ३४ हजार नाघ्यो

कोरोनाका कारण विश्वभर संक्रमितको संख्या ५१ लाख ८८ हजार माथि, मृतक ३ लाख ३४ हजार नाघ्यो

  • शुक्रबार, जेष्ठ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जेष्ठ ९ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख ३४ हजार नाघेको छ ।
त्यसै गरी संक्रमित पनि ५१ लाख ८८ हजार पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार २० लाख लाख ७८ हजार मानिसहरु निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९६ हजार भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १६ लाख नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३६ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ५० हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३२ हजार ४ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २८ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ८१ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ९ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ८० हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या ३ लाख १७ हजार नाघेको छ भने मृतकको संख्या ३ हजार नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या २० हजार बढी पुगेको छ भने संक्रमितको संख्या पनि ३ लाख १७ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख १८हजार नाघेको छ भने ३ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ