अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

८ जेठ, एजेन्सी ।अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ । शान्ति वार्ताका लागि यस अघिदेखि नै पहल सुरु भएकोले अफगानिस्तान र संयुक्तराज्य अमेरिका अब आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

अफगानिस्तानको टोलो समाचार संस्थाले अफगान राष्ट्रपतिको विज्ञप्तिलाई उद्धृतगर्दै दिएको समाचारमा अफगानिस्तान र अमेरिकाबीच तालिबानसँगको वार्ताका लागि आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।

संयुक्तराज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच कतारको दोहामा करिब तीन महिना अघि ऐतिहासिक शान्ति सम्झौता’ भएको थियो । तर त्यसको साता दिन पनि नपुग्दै त्यहाँका तालिबानहरुले आक्रमण सुरु गरेपछि शान्ति प्रक्रिया संकटमा पुगेको बताइएको थियो ।

बिहीबारको भेटमा अफगानिस्तानका तालिबानहरुलाई आगामी दिनमा शान्तिवार्ताका लागि तयार गर्न युद्धविराम या हिंसात्मक गतिविधिमा कमी ल्याउने बारेमा तयार पार्ने विषयमा छलफल भएको बताइएको छ ।
तीन महिना अघि भएको सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको थियो ।

त्यस्तै अफगान विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणका लागि तालिवानले सरकारलाई सहयोग गर्ने पनि सहमति भएको थियो ।
तर पनि सो सम्झौतापछि पनि तालिवान समूहको आक्रमण रोकिएको छैन । गएको करिब १८ वर्षदेखि जारी हिंसाको अन्त्यका लागि शान्ति प्रक्रिया अघि बढाउन खोजिए पनि सम्भव हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ