कतारमा महोत्तरीका नेपाली नागरिक चौधरीलाई गोली हानेर मृत्युदण्ड दिईयो

कतारमा महोत्तरीका नेपाली नागरिक चौधरीलाई गोली हानेर मृत्युदण्ड दिईयो

  • बिहिबार, जेष्ठ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 63.7K
    SHARES

जेष्ठ ८ काठमाण्डौं । ठूलो संख्यामा नेपाली रहने गरेको कतारले एक नेपालीलाई हत्या अभियोगमा गोली हानेर मृत्यु दण्ड दिएको छ । कतारमा कुनै पनि नेपालीमाथिको यो पहिलो सजाय हो । नेपालको महोत्तरी राही–१, का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको अदालतको फैसला पछि चौधरीलाई मृत्युदण्ड दिईएको हो ।

कतारको तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि र पीडित भनिएको परिवारले माफी दिन अस्वीकार गरे पछि मृत्युदण्ड दिईएको हो ।

उनलाई गोली हानेर मृत्युदण्ड दिनु अघिल्लो दिन कतारको विदेश मन्त्रालयले नेपाली राजदुतावासलाई जानकारी गराएको थियो । त्यस लगत्तै दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्रै पठाएर यो मृत्युदण्ड रोक्न पहल गर्न अनुरोध गरेको थियो ।
तर नेपालको तर्फबाट के गरियो भन्ने परराष्ट्र मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।
चौधरीको शब कतारको स्थानीय अस्पतालमा राखिएको र अब नेपाल पठाउने तयारी गरिदैछ ।

चौधरीले कतारी नागरिक अल नुएमीलाई खुकुरी प्रहार गरी हत्या गरिएको अदालतको आदेशमा उल्लेख गरिएको छ ।
चौधरीलाई तीन बर्षदेखि नै गिराफ्तार गरेर जेलमा राखिएको थियो । अदालतको आदेशमै गोली हानेर मृत्युदण्ड दिईएको कुनै पनि नेपालीलाई यो पहिलो पटक हो ।
अरु पनि कतिपय नेपालीले मृत्युदण्ड पाए पनि अहिले सम्म कार्यन्वयन गरिएको थिएन । पहिलो पटक नेपाली नागरिकले कतारमा मृत्युदण्डको सजाय भोग्न पुगेका छन् । नेपालमा समेत मृत्युदण्डको सजायको व्यवस्था छैन ।

चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनी कार धुने कम्पनीमा सामान्य मजदुरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो । उनलाई तल्लो अदालतले डिसेम्बर १२, २०१७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस पछि चौधरीले सर्वोच्च अदालतमा चौधरीले पुनरावेदन दायर गरेका थिए तर उनको पुनरावेदन खारेज भए पछि उनी सजाय भोग्न बाध्य भएका हुन् ।

कतारमा करीब ४ लाख नेपाली रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी