जेष्ठ ८ काठमाण्डौं । विस्वमा कोरोना फैलिए देखि यताकै सबै भन्दा धेरै २४ घण्टामा एक लाख ६ हजार संक्रमित थपिएको विश्व स्वासथ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एदनामले यो महामारी अझै लामो समय जान सक्ने चेतावनी दिदै सबै मिलेर महामारी विरुद्ध सबै एक जुट हुन पनि अनुरोध गरेका छन् ।
२४ घण्टामा अमेरीकामा २० हजार बढी, ब्राजिलमा १९ हजार बढी,रुसमा ८ हजार , भारतमा ५ हजार बढी संक्रमित थपिएको बताईएको छ ।
यद्यपि, युरोपेली देशमा भने संक्रमण र मृत्यु दुबैमा कमी आउदै गएको छ । ब्राजिल लगायतका केही मुलुकमा संक्रमण र मृत्यु निरन्तर बढीरहेको छ ।
हाल सम्म विश्वमा कोरोना संक्रमितको संख्या ५० लाख ८० हजार पुगेको भने मृत्यु हुनेको संख्या पनि ३ लाख २९ हजार पार भएको छ । यसै गरी २० लाख २० हजार जति निको भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै मृत्यु अमेरीकामा ९४ हजार भन्दा बढी छ भने संक्रमित पनि १५ लाख ९१ हजार नाघेको छ ।
त्यस पछि संक्रमणमा यूरोपलाई रुस र ब्राजिलले उछिनेको छ । रुसमा ३ लाख ८ हजार संक्रमित छन् भने २९ सय ७२ जनाको मृत्यु भएको छ ।
यसै गरी ब्राजिलमा २ लाख ९१ हजार संक्रमित पुगेका छन् भने १८ हजार ८ सय बढीको मृत्यु भएको छ ।
युरोपेली देश ईटाली, जर्मनी,फ्रान्स , स्पेनमा यस अघि नै बढी मृत्यु भईसके पनि पछिल्लो दिनहरुमा दैनिक मृत्युदर घटेको छ ।
यता भारतमा भने संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । भारतमा कुल संक्रमित एक लाख १२ हजार बढी रहेको छ भने ३४ सय बढीको मृत्यु भएको छ ।