म्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

म्फान आँधीका कारण बंगलादेश र भारतका दशौँलाख व्यक्ति विस्थापित

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

७ जेठ एजेन्सी । बंगलादेश र भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि यहाँका दशौँलाख नागरिक विस्थापित भएका छन् ।कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

ती स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो । बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपछि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो ।

आज बंगलादेश र भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालेका थिए । आधीका कारण भारत पश्चिम बंगालमा अहिले सम्म ४ जना मानिसको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ