चीन र भारतबीच लद्धाखमा तनाव बढे पछि दुवै देशले सेनाको संख्या बढाउदै

चीन र भारतबीच लद्धाखमा तनाव बढे पछि दुवै देशले सेनाको संख्या बढाउदै

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जेष्ठ ७ एजेन्सी । चीन र भारतबीच सीमामा तनाव बढेको छ । डोकलाम पछि लद्धाख र नाथुलामा झडप गरेको केही दिन पछि दुबै देशले सीमामा सेनाको संख्या निरन्तर थपिरहेको बिबिसीले उल्लेख गरीरहेको छ । लद्धाखको गलवान घाटी र अक्साई चीनमा रहेको सीमा क्षेत्रमा तनाब बढीरहेको छ । गलवान घाटीमा भारतले रक्षा सम्बन्धि गैर कानुनी निर्माण गरीरहेको चीनले दाबी गरेको छ ।
त्यसै गरी भारतले घाटीमा चीनले तैनाथी बढाएको बताएको छ ।
भारतले सुखोई सहित लडाकु विमानबाट समेत सीमामा गस्ती बढाएको छ भने चीनले समेत केही हेलिकप्टरहरुबाट उडान भरेको छ ।
डोकलाममा दुबै देशका सेनाबीच झडप भए पछि यो तनाव बढेको अधिकारीहरुले बताएका छन् । लद्धाख लगायतका सीमा क्षेत्रमा भारत र चीनबीच लामो समयदेखि विवाद रहदै आएको छ । सन् १९६२ मा दुबै देश सीमानाकै लागि युद्ध समेत गरेका थिए जुन युद्धमा भारत पराजीत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ