भारतमा कोरोना अनियन्त्रित बन्दै संक्रमित र मृत्यु निरन्तर बढ्न थाल्यो

भारतमा कोरोना अनियन्त्रित बन्दै संक्रमित र मृत्यु निरन्तर बढ्न थाल्यो

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी जेष्ठ ७ । छिमेकी मुलुक भारतमा कोरोना लगातार अनियन्त्रित बन्दै गईरहेको छ । पछिल्लो समय झन भारतमा दिनहुँ संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ ।
आज बिहान सम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या एक लाख ६ हजार पुगेको छ भने मृत्यु ३३ सय भन्दा बढी ।

भारतमा सबै भन्दा बढी संक्रमित प्रवासी मजदुर भएको समेत बताईएको छ । धेरै प्रवासी मजदुर एक राज्यबाट अर्को राज्य आउने जाने क्रम पनि बढेको छ । खान बस्नै समस्या हुन थाले पछि सरकारले समेत लकडाउन खुकुलो बनाउदै रेल तथा बसहरु मजदुरहरुका लागि खुल्ला गरेको छ ।

यसले अझ जोखिम बढाएको विज्ञहरुको चेतावनी छ । करीब २ महिना देखि विश्वमै सबै भन्दा ठुलो जनसंख्याका लागि लकडाउन थेग्न समेत कठिन परेको छ मोदी सरकारलाई ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ