विस्वभर कोरोना संक्रमितको संख्या ५० लाख नजिक, मृत्यु हुनेको संख्या पनि ३ लाख २४ हजार बढी

विस्वभर कोरोना संक्रमितको संख्या ५० लाख नजिक, मृत्यु हुनेको संख्या पनि ३ लाख २४ हजार बढी

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ ७ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ ।
त्यसै गरी संक्रमित पनि ५० लाखको नजिक पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार विश्वभर ४९ लाख लाख ८२ हजार ८ सय भन्दा माथि पुगेको छ । १९ लाख ५६ हजार मानिसहरु निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९३ हजार भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख ७० हजार नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३५ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४६ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २६ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ८० हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ७ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ््७८ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ९९ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ८ सय नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या १७ हजार ९ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ७१ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख ६ हजार नाघेको छ भने ३ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ