रुसी प्रधानमन्त्रीले जीते कोरोना

रुसी प्रधानमन्त्रीले जीते कोरोना

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी जेष्ठ ६ । पछिल्लो समय तीव्र मात्रामा कोरोना फैलिएको रुसमा संक्रमित भएका प्रधानमन्त्री मिखाईल मिस्तुसीनले कोरोनालाई जीतेर आज काममा फर्किएका छन् । करीब दुई साताको सेल्फ क्वारेन्टाईन पछि रिकभर भएर उनी काममा फर्किएको मस्को टाईम्सले उल्लेख गरेको छ ।
रुसमा करीब तीन लाख नजिक संक्रममित पुगेका छन् भने २७ सय बढीको मृत्यु भएको छ । रुसमा विश्वमै सबै भन्दा बढी परीक्षण दर रहेको छ । प्रति दश लाख ४१ हजार भन्दा बढीको परीक्षण रुसमा भईरहेको छ ।
यस अघि बेलायतका प्रधानमन्त्री बोरीस जोनसोन पनि कोरोना संक्रमित भए पछि अस्पतालमा भर्ती भएका थिए । तीन दिनको आईसीयुमा राखेर उपचार गरिए पछि उनी ठीक भएर अहिले काममा फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ