बंगालको खाडीमा अहिले सम्मकै खतरनाक आँधी अम्पुन शुरु , भारत र बंगलादेशमा ठूलो क्षति पुर्याउने अनुमान सहित तयारी तीव

बंगालको खाडीमा अहिले सम्मकै खतरनाक आँधी अम्पुन शुरु , भारत र बंगलादेशमा ठूलो क्षति पुर्याउने अनुमान सहित तयारी तीव

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । बंगालको खाडीमा हाल सम्मकै सबै भन्दा ठूलो तुफान अम्पुन शुरु भएको छ । यसले भारतको पश्चिम बंगाल र उडिसा सहितका राज्य र बंगलादेशका विभिन्न भागहरुमा क्षति पुर्याउने भन्दै तटीय ईलाकाका लाखौँ मानिसहरुलाई सार्न थालिएको छ । यो आधी सन् १९९१ को भन्दा पनि ठूलो भएका ेबताईएको छ । आधी बिस्तारै शुरु भएको बताईएको छ । भोली बेलुका सम्म यसको प्रभाव रहने बताइएको छ ।

बङ्गलादेशको आन्तरिक जल यातायात कर्पोरेसनका अनुसार आँधीका कारण प्रभावित बनेका जलमार्गहरूमा पाटुरिया–दौलतदिया, शिमुलिया–काथलबारी, चन्दपुर–शरितपुर, भोला–लक्ष्मीपुर र भेदुरिया–लाहारहट रहेका ढाका ट्रिबुनले जानकारी गराएको छ ।

बङ्गलादेश मौसमविज्ञान विभागद्वारा मङ्गलबार जारी विशेष बुलेटिनमा अम्फानले पश्चिम–मध्य बङ्गाल र वरपरका क्षेत्रमा उत्तरबाट उत्तरपूर्वतर्फ करिब २२५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको बताइएको छ ।

अम्पुन उत्तरबाट उत्तरपूर्व दिशा हुँदै मध्यरातमा खुल्ना–चट्टोग्राम पुग्ने र यसको प्रभाव बुधबार साँझसम्म रहनेछ । सुपर साइक्लोनको केन्द्र रहने क्षेत्रमा समुद्रमा निकै उच्च छालहरू आउने बताइएको छ ।

हामीले सामुद्रिक तट नजिकमा रहेका गाउँका करिब १२ हजार व्यक्तिलाई सुरक्षित स्थानमा सार्ने तयारी भएको छ । विभागले माछा मार्न प्रयोग हुने सबै डुङ्गा तथा माझिहरूलाई तत्काल उत्तरको खाडीबाट सुरक्षित स्थानमा जान र अर्को सूचना जारी नहुँदासम्म नफर्कन निर्देशन गरेका छौँ ।

अम्पुनको प्रभाव उत्तरपूर्वी भारतमा निकै प्रभाव पार्ने र यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रमासमेत पर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ