विदेशमा रहेका सबैलाई ल्याउन सकिदैन , प्राथमिकता हेरेर ल्याउछौँः प्रधानमन्त्री

विदेशमा रहेका सबैलाई ल्याउन सकिदैन , प्राथमिकता हेरेर ल्याउछौँः प्रधानमन्त्री

  • मङ्लबार, जेष्ठ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

जेष्ठ ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै ४५ लाख मान्छे ल्याउन र व्यवस्थापन गर्न नसकिने स्पष्ट पारेका छन् । तर प्राथमिकता हेरेर , अत्यत्न आवस्यक परेकालाई ल्याउने तयारी भएको उनले बताए ।
संसदको बजेट अधिबेशनमा आज सांसदरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कतार,कुवेत, युएई लगायतका मुलुका राष्ट्रप्रमुखहरुसगँ आफैले कुरा गरेर नेपालीहरुलाई खानेबस्ने र उपचारको व्यवस्था गर्ने बिषयमा छलफल गरेको जानकारी दिदै सबै मुलुकमा रहेका नेपालीलाई एकै पटक ल्याउन नसकिने र व्यवस्थापन गर्न नसकिने बताए ।
कतारले एक डेढ सय मान्छे लगे जस्तो हुन्छ ? अमेरीकालाई एक डेढ सय मान्छे लान कति लाग्यो ? हामीले कतारबाट मात्रै सबै ल्याउने हो भने ४ लाख ल्याउनु पर्छ ? ४५ लाख मान्छे ल्याउन पर्यो भने हाम्रा सबै जहाजहरु कति पटक उडाउनु पर्ला कति समय लाग्छ ? म अलि हिशाबमा कमजोर छु आकंडा त थाहा भएन तर उनीहरुलाई ल्याउने, क्वारेन्टाईनामा राख्ने , कुन जनशक्तिले काम गर्ने ? के ले व्यवस्थापन गर्ने , जनशक्ति सबै बाहिर छ । प्रधानमन्त्रीले भने ।
साउदीमा पनि परराष्ट्रमन्त्रीले कुरा गर्दा त्याहाँबाट नेपालीहरुलाई आफ्नै देशका नागरिकलाई जस्तै कुनै चिन्ता नलिई खाने बस्ने व्यवस्था मिलाएर राख्छौ भनेको प्रधानमन्त्रीले स्मरण गराए ।
यो कोरोना सकिए पछि युवाहरुलाई कुटनीतिक तबरबाट के गर्ने , कसरी ल्याउने को आउन चाहन्छन् सबै कुरा मिलाउने र अहिले नै भने प्राथमिकता र आवस्यकता हेरेर ल्याउने बताए ।
विदेशमा रहेका सबै दुतावासगँ सरकार सम्पर्कमा रहेको , विदेशबाट कति मान्छे ल्याउने, कस्तो अवस्थाकालाई ल्याउने भनेर आकंडा तयार पारीरहेका छौ । प्रधानमन्त्रीले भने , ल्याउने नाममा ह्वार ह्वारती ल्याउने अनि व्यवस्थापन पनि गर्न नसक्ने , देशै सोत्तर पार्ने ?
भारत, खाडीदेखि अमेरीकासम्म पनि लाखौँ अलपत्र परेका नेपालीहरुले स्वदेश आउन नपाएको, बिचल्लि परेको भनेर पीडा पोखिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी