जेष्ठ ६ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २० हजार पुगेको छ ।
त्यसै गरी संक्रमित पनि ४८ लाख ८० हजार माथि पुगेको छ । १९ लाख ३ हजार मानिसहरु निको भएर घर फर्किएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृत्यु हुनेको संख्या ९१ हजार ९ सय भन्दा बढी छ । त्याहाँ संक्रमित पनि १५ लाख ४९ हजार नाघेको छ ।
बेलायतमा मृतकको संख्या ३४ हजार ७ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ४६ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३३ हजार नाघेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २५ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २८ हजार २ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ७ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख ७८ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ९० हजार नाघेको छ भने मृतकको संख्या २ हजार ७ सय नाघेको छ ।
ब्राजिलमा मृतकको संख्या १६ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख ५५ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ भने ३ हजार १ सय भन्दा बढीको मृत्यु भएको छ ।