भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने माग राख्दै सिडिओलाई ज्ञापन पत्र

भारतमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउनुपर्ने माग राख्दै सिडिओलाई ज्ञापन पत्र

भोट लाउन आउन भ्याउदिन भन्दा पनि नछाड्ने अहिले , ल्याउनु पर्यो भन्दा पनि नसुन्ने ?

  • आइतवार, जेष्ठ ४, २०७७
  • डम्मर राज भट्ट

  • 17.6K
    SHARES

कञ्चनपुर, ४ जेठ । कोरोना भाईरस९कोडिभ १९० रोकथामका लागि नेपाल भारत दुई महिनादेखि दुवै देशमा लकडाउन गरिएको छ ।

गुजारा चलाउनका लागि भारत पसेका नेपाली नागरिकको लकडाउनका कारण रोजगारी गुमेपछि अलपत्र परेका छन् । भारतमा अलपत्र परेका नेपाली नागरिकको उद्दार एव स्वदेश फिर्ताको नागरिक स्तरबाट माग उठिरहेको छ ।

भारतसंग सीमा जोडिएको खुला सीमा कञ्चनपुरका विभिन्न स्थानबाट लकडाउकैविचमा आउन थालेपछि यसले थप चिन्ता बढाएको छ । भारत सरकारले धमाधम पठाउने र नेपाल सरकारले कुनै वैधानिक नाका भएर प्रवेस नगराउँदा लुकिछिपी विभिन्न खुला नाकाबाट पस्न थालेपछि नागरिक समाज कञ्चनपुरले चिन्ता व्यक्त गरेको छ ।

आइतबार नागरिक समाजले लकडाउनका कारण भारतमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउनुपर्ने माग अघि सारेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडालाई ज्ञापन पत्र बुझाईएको छ । नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मीले दुवै देशमा लकडाउन गरिएपनि भारतमा रहेका नेपालीको विजोग भएको बताए ।‘भारतमा रहेका नेपालीको विजोग हुँदा त्यहाबाट धमाधम भित्रिरहेका छन, ‘उनले भने, ‘सीमाशिल गर्दा पनि धमाधम नेपाली भित्रिरहेका छन, यसले झन जोखिम बढाएको छ ।’ वैधानिक नाका भएर नेपाली प्रवेस गर्दा कम्तिमा क्वारेन्टाईन बस्दै बिरामीलाई थप उपचारका लागि पठाउन सकिने बताए । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले नागरिक समाजबाट आएको माग सुझाव माथिल्लो निकायमा पेस गर्ने बताएका छन् ।

भारतका विभिन्न शहरबाट नेपालीहरु आउनेक्रम जारी छ । कतिपय भारतकै स्थान सीमावर्ती क्षेत्रमा रोकिएका छन् । भने कतिपय आउनेक्रम जारी रहेको छ । भारतबाट एक सातामा लुकिपिछी कञ्चनपुरमा आएका ६३ जना क्वारेन्टाईनमा राखिएको छ । टनकपुर नाका भएर भीमदत्त नगरपालिका ९ ब्रंम्हदेब भएर आएका २७ जना बैजनाथ क्वारेन्टाईन र महाकाली नगरपालिका क्षेत्रका विभिन्न नाका भएर आएका ३५ जनालाई नमुना आधारभूत विद्यालयको क्वारेन्टाईनमा राखिएको छ । उनीहरुको स्वाब नमुना समेत संकलन गरिएको छ ।

आइतबारफेरी १ सय ९ जना भारतबाट महाकाली नगरपालिका क्षेत्रमा प्रवेस गर्दा सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा रोकेर राखेको छ ।

शनिबार सम्ममा पुनर्वास नगरपालिका ४बाट सशस्त्र प्रहरीले नेपाल प्रवेस गर्ने ४९ जनालाई उतै भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको थियो । ‘भारतमा लाउन खान नपाएपछि विजोगमा परेका नेपाली आँखिर मर्नु नै परेपनि मातृभूमिमै आउँन चाहन्छन, ‘भारतबाट फर्किएका कञ्चनपुरका दिपकराज जोशीले भने, ‘भारतमा रोजगारी गुम्यो, भारत सरकारले खान दिदैन, नेपाल सरकारले पु¥याउँदैन, उनीहरु आफ्नो देश नआएर कहाँ जान्छन् ।’ सीमा क्षेत्रमा अनावश्यक थुनछेक गरेर समस्यामा साधान नभई दुर्घटना निम्तिने बताउदै उनले निश्चित आउने नाका बनाएर सीमा क्षेत्रमै उच्च स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर नेपाल प्रवेस गराउनुपर्ने उनको सुझाव छ ।

लकडाउन अघि नै भारतको दिल्लीबाट घर फर्किएका जोशीले ‘सीमा क्षेत्रमा आएका सबैलाई क्वारेन्टाईनमा राख्ने, ‘उनले भने, ‘सबैको पिसिआर गरेर सम्बन्धीत पालिकालाई जिम्मा लगाउने उतापनि पालिकाले क्वारेन्टाईनमा राखेर पुन परीक्षण गरेर मात्रै घर पठाउनुपर्छ ।’ भारतमा रहेका नेपालीले विजोग हुँदा पनि सरकारले उद्दारको साटो घर ल्याउने चासो नै नदिएको बताएका छन् ।

बझाङ्ग घर भएका र तराई लालझाडी-६ चान्देव बस्ने धनराज भट्टले भारतमा खान लाउन नपाएर नेपालीहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना हुँदा पनि सरकारले चासै नदिएको बताए । उनले भारतका विभिन्न प्रदेशका शहरमा रहेका नेपालीहरूको कहालिलाग्दो पीडा भएकाले सरकारले चासो समेत नदिएको दुखेसो पोखे । उनले उद्दार गर्न नसकेपनि सीमा क्षेत्रमा सहज प्रवेसको माग राखे । ‘जोखिम मोलेर भारतबाट नेपाली सीमासम्म पुग्छन्, ‘उनले भने, ‘नेपाल प्रवेस नपाउँदा विकल्प खोज्दा संकटमा पर्दछन् ।’ ‘चुनाव बेला भोटका लागि भारतमा हुँदा बोलाउने संकट पर्दा बिर्सिने’ भारतमा रहेका नेपालीले सरकारले आफुहरुलाई नागरिकको रुपमा नहेरेको बताएका छन् ।

अपिसाईपाल नेपाली एकता समाज भारत सुभाव नगरका अध्यक्ष बासुदेव जोशी९बादल०ले भारतमा कामगर्ने नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकका रुपमा हेर्दा आफुहरु महासंकटमा पर्दा समेत कुनै पहल नभएको दुखेसो पोखे । ‘चुनाव बेला भोटका लागि भारतमा हुँदा बोलाउने संकट पर्दा बिर्सिने, ‘उनले भने, ‘यता जनप्रतिनिधीले हामीमाथि किन नहुन्थ्यो र विभेद ।’ उनका अनुसार दिल्लीभर झण्डै २७ हजार नेपाली रहेका छन् । ‘हजारौँको रोजगार गुमेको छ, ‘उनले भने, ‘कतिपयलाई घरपेटीले निकाला गरिदियो, केही सडकमै रात काट्छन् ।’

भोकभोकै अर्काको देशमा मर्नुभन्दा पैदलै घरतर्फपनि जाँदा देशप्रवेस गर्न नपाएको उनको दुखेसो छ ।’ चुनावका बेला हाम्रा घर दैलोमा पुगेर भोट माग्दै दैलो चहार्दै आउँने दल सरकारमा गएपछि हामी प्रदेशमा संकटमा परेका बेला सरकारले हाम्रो पीडा बुझेन, ‘उनले भने, ‘चुनावका बेला सम्झिने राजनीतिक दलले अहिले हामी विदेशमा मर्दा समेत कुनै पहल गरिदिएन् ।’ दुताबासलाई भारतमा रहेका नेपालीको विजोगबारे पटक पटक अवगत गराउँदा समेत कुनै वास्ता नराखेको उनले बताए । हाम्रा नेपाली भारतमा खान नपाएर भोकभोकै मर्नुपर्ने अवस्था आएको छ, ‘उनले भने, ‘यसमा सरकारले न प्रवेस गर्न दिएको छ, न व्यवस्थापन गरेको छ ।’ उनले कुनैपनि नेता, सरकारले भारतमा रहेका नेपालीको विषयमा पहल समेत नगरेकाले चिन्तित भएको बताए ।

‘चिनबाट धनीवर्गका नेपालीलाई हवाईजहाजबाट उद्दार गरेर ल्याउने सरकारले हामी आफै घर जाँदा पनि सीमा क्षेत्रमा प्रवेस गर्न दिएको छैन, ‘उनले भने, ‘हामीमाथि चरम विभेद भयो बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी