बिश्वलाई आतंकित पारिरहेको कोभिड-१९ ले आफ्नो गतीलाई केहि कम गरेको महसुस भए पनि अहिले सम्म बिश्व भर ४७ लाख १५ हजार भन्दा बढि जनता संक्रमित भैसकेका छन भने ३ लाख १२ हजार भन्दा बढिको मृत्यु भैसकेको छ । त्यसै गरि बिश्वमै सबै भन्दा बढि संक्रमित भएको देश अमेरिकामा मात्र १।५ मिलियन भन्दा बढि जनता संक्रमित भै ८९ हजारभन्दा बढिको मृत्यु भैसकेको छ। त्यसै गरि अहिले सम्म् सुरक्षित देखिएको मात्रिभुमी नेपालमा केहिदिन देखि संक्रमण बढदै गैरहेको छ जस्को मुख्य कारण दक्षिण तिर रहेको भारत तर्फको खुल्ला सिमानाबाट लुकि छिपि दिनहु असुरक्षित रुपमा भित्रिने संख्या नै हो भन्नुमा अत्युक्ती नहोला। अहिले सम्म कसैको मृत्यु नभएको देशमा हिजो मात्र १ जनाको मृत्यु भै जम्मा २८१ जना संक्रमण बाट प्रभाबित भैसकेका छन।
संसारको सबैभन्दा बड़ी आक्रान्त बनेको अमेरिका र त्यसको मुख्य सहर न्युयोर्क नै हो यस राज्यमा मात्र ३ लाख ५८ हजार जनता संक्रमित भै करिब २७ हजारको भन्दा बढिको मृत्यु भैसकेको छ। नेपालीहरुको बाक्लो बस्ती रहेको न्युयोर्क सहर सबैभन्दा बढि प्रभाबित भएको छ।यहाँ अहिले सम्म १६ जना नेपालीले ज्यान गुमाई सकेका छन भने ठुलो सख्यामा नेपालीहरु पनि संक्रमणमा परेका छन।
अधिकांश डर र त्रासले घर भित्रै बसिरहेका नेपाली समुदायहरु यहाँका केहि सामाजीक अभियन्ता तथा संघ सस्थाहरु मिलेर निर्माण गरेको “कोरोना विरुद्ध सचेतना तथा सहयोग समुहले “ गरेको मानबिय सहयोग तथा सचेतना अभियानले ज्यादै सह्रानिय कार्य गर्दै आईरेको छ १ यहॉका नेपालीहरु अव कोरोना संग लडन सकिन्छ भन्नेमा आस्वस्थ भएको देखिन्छन र एक आपसमा सहयोग गर्न उत्साहित पनि देखिन्छन।
यहाँ समुदायका अभियन्ताहरुले आफ्नो ज्यानलाई खतरामा राखि आबस्यकता अनुसार समुदायका सदस्यहरुको घर घरमा औषधि, खाद्य सामाग्री तथा अन्य श्वास्थ सामाग्रीहरु समेत बितरण गरिरहेका छन भने न्युयोर्क तथा न्यूजर्सि एरियामा रहेका अप्ठ्यारेमा परेका एफ(१ अन्तर्गतका बिद्यार्थीहरुलाई राहत स्वरुप अबस्था हेरि नगद तथा ग्रोसरिहरु पनि बितरण गरिरहेका छन।न्यूयोर्कमा सबै संघ संस्थाको सहयोगमा कोरोना बिरुद्ध सचेतना एबं सहयोग समुह” ले बिभिन्न संग सस्था व्यक्तीको सहयोगमा हरेक हप्ता बिद्यार्थीहरुलाई राहत स्वरुप ग्रोसरि तथा खाद्यान्न बितरण गर्ने गरेको छ। यसै सन्दर्भमा आज जेष्ठ ३ गते प्रवासी नेपाली एकता मंच, अमेरिकाको उत्तर पुर्वी क्षेत्रको संयोजक कृष्ण लामिछाने र सह संयोजक विजय ज्ञावलीको नेतृत्वमा स्वर्गिय जननेता मदन भन्डारी र जिवराजको स्मृति दिवसको सन्दर्भमा सोहि सचेतना अभियान संगै जोडिएर ५१ जना बिद्यार्थीलाई ग्रोसरि बितरण गरेर स्मृति दिवस मनाउदै मानबिय कार्य गरेको छ। आजको अभियानमा हैसला प्रदान गर्न न्यूयोर्क स्थिक क्विन्स काउन्टीको बोरो प्रेसिडेन्ट एरिक आदमको पनि उपस्थिती थियो। आज तेस अभियानमा प्रबासि एकता समाजले ले समेत १० जना बिध्यार्थीलाई सहयोग गरि जम्मा ६१ जना बिद्यार्थीलाई राहत सहयोग गरिएको थियो। यसरि अहिले सम्म यो अभियानले चौथौ चरण गरि जम्मा २३३ जना बिद्यार्थीहरुलाई राहत बितरण गरिसकेको छ। खाद्य सामाग्री वितरण र व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्ने तथा स्वयसेवक सबै साथीहरु सल्युट गर्दै प्रवासी नेपाली एकता मन्च, अमेरिका हार्दिक धन्यावाद व्यक्त गर्दछ ।
-प्रवासी नेपाली एकता मन्च, अमेरिका