एजेन्सी, ४ जेठ । चीनमा कोारेना भाइरसको दोस्रो महामारी फैलनसक्ने ठुलो चुनौती रहेको स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । समुदायमा इम्युनिटिको कमजोरी, भ्याक्सिन निर्माणमा अझै समय लाग्ने लगायतका बिभिन्न कारणले चीनमा पनि फेरी कोरोनाको महामारी दोहोरिन सक्ने चेतावनी दिएका हुन् ।
चीन सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहाकार डा.झोङ नानसनले सिएनएनसँग कुरा गर्दै यस्तो बताएका हुन् । चीनको वुहानमा गत डिसेम्बरमा देखा परेको कोरोनाले ८२ हजार संक्रमित भएका थिए भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको थियो ।
चीनमा यो चुनौति रहेको भनिएकाबेला वुहानमा आम मानिसको परिक्षण(मास परिक्षण)को तयारी गरिएको छ । सँगै सामाजीक दुरी राखेर काम गर्ने गरिएको छ ।
जिलियान लगायतका शहरमा कोरोनाका बिरामी अचानक देखा परेपछि दोस्रो संक्रमण महामारीको चेतावनी दिईएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline