जेष्ठ २ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्ने क्रममा छ । पछिल्लो रिपोर्ट अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख ८ हजार नाघेको छ ।
त्यसै गरी संक्रमित पनि ४६ लाख पार भएको छ भने १७ लाख ५४ हजार मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८८ हजार ४ सय नाघेको छ भने कुल संक्रमित १४ लाख ९२ हजार बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३३ हजार ९ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ३६ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ६ सय पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २३ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २७ हजार ५ सय नाघेको छ भने १ लाख ७९ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ४ सय बढी पुगेको छ भने संक्रमितको संख्या २ लाख हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ६२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ४ सय १८ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १४ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख १८ हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या ८५ हजार नाघेको छ भने २ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।