एजेन्सी जेष्ठ ३ । अमेरीकाले पछिल्ला दिनहरुमा चीनसगँको विवाद बढ्दै जादाँ दक्षिणी चीनीया सागरमा आफ्नो सैन्य उपस्थिति र अभियान तीव्र पारेको छ ।
देश कोरोना संकटको गंभीर अवस्थामा रहे पनि अमेरीकाले बी १ जस्ता बम बर्षक विमान र थप युद्दपोत समेत चीनीया सागरमा अमेरीकाले पठाएको छ ।
अमेरीकी एयरफोर्सका प्रमुख जनरल टिमोथी रे ले चीनको गतिविधि विरुद्ध जति टाढा भए पनि, जुनसुकै स्थानमा र जति बेला पनि फायर गर्न सक्ने क्षमतामा असर नपर्ने भन्दै चेतावनी दिएका छन् ।
दक्षणी चीनीया सागरमा अमेरीकाको निरन्तर गस्ती र युद्धपोत तथा बम बर्षक विबमान तैनाथ गर्न थाले पछि संभावित आक्रमणको प्रत्याक्रमण गर्न चीनले समेत युद्धपोत, लडाकु विमान र सैन्य अखडाहरु विस्तार गरीरहेको छ ।
चीनले आफ्नो सार्वभौम क्षेत्र दाबी गरीरहेको दक्षिणी चीनीया सागरको करीब ९ हजार बर्गमाईल क्षेत्र स्वतन्त्र हुनु पर्ने अमेरीकाको दाबी रहदै आएको छ ।
अमेरीकाले कोरोना भाईरस संक्रमण पछि अप्रेसनमा नरहेको घातक युद्धपोत थियोडोर रुजबेल्टलाई समेत अप्रेसनमा सामेल गर्ने बताएको छ ।
अमेरीकाले प्रशान्त महासागर खुल्ला र स्वतन्त्र हुनु पर्ने जिकिर गर्दै आएको छ ।