एजेन्सी जेष्ठ ३ । ब्राजिलमा कोरोना संक्रमण र मृत्युदर निरन्तर बढीरहे पछि त्याहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । स्वास्थ् य मन्त्री नेल्सन टिचले केही समय अघि मात्रै अर्का स्वास्थ्यमन्त्रीलाई राष्ट्रपति बोल्सेनारोले हटाए पछि रिक्त स्थानमा नियुक्त भएका थिए ।
उनले राजीनामा दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा कुनै कारण उल्लेख नभए पनि एकातिर कोरोनाले निरन्तर संक्रमण र मृत्युदर बढी रहनु अर्कोतिर राष्ट्रपति बोल्सेनारोले जिम र ब्युटी पार्लर लकडाउन भए पनि खोल्न दिनु भनेर दवाव दिएका कारण राजीनामा दिएको हुन सक्ने अनुमान गरिएको छ ।
राष्ट्रपति बोल्सेनारोले कोरोनालाई सामान्य फ्लुको रुपमा व्याख्या गर्दे केही मान्छे मर्छन् सामान्य हो भनेर शुरुमा टिप्पणी गरेका थिए ।
तर अहिले ब्राजिलमा कोरोनाले ठूलो जोखिम बढाईरहेको छ । हाल सम्म त्याहाँ संक्रमितको संख्या दुई लाख बढी छ भने मृत्यु हुनेको संख्या पनि १३ हजार बढी छ ।
कोरोना भाईरसको तीव्र संकटसगँै ब्राजिलमा राजनीतिक संकट पनि बढिरहेको छ ।
अति दक्षिणपन्थी राष्ट्रपति बोल्सेनारोले यस अघिका स्वास्थ्यमन्त्रीलाई हटाएका थिए भने प्रहरी प्रमुखलाई पनि हटाएका थिए । त्यस पछि कानुन मन्त्रीले आफै राजीनामा दिएका थिए ।