विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख नाघ्यो, संक्रमित पनि ४५ लाख माथि

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन ३ लाख नाघ्यो, संक्रमित पनि ४५ लाख माथि

  • शुक्रबार, जेष्ठ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

जेष्ठ २ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण भाईरस फैलन शुरु भए पछि पहिलो पटक मृतकको संख्या तीन लाख नाघेको छ ।
गत डिसेम्बर १९ मा चीनको उहानमा देखिएको कोरोना करीब ५ महिनाको अवधिमा विश्वका दुई सय भन्दा बढी देशमा फैलिसकेको छ ।
पछिल्लो तथ्याङक अनुसार चीन देखि अमेरीका सम्म विश्वका सबै देशमा गरेर मृतकको संख्या ३ लाख ३ हजार पुगेको छ ।
त्यसै गरी संक्रमित पनि ४५ लाख पार भएको छ भने करीब १७ लाख मानिसहरु निको भएर घर फर्किसकेका छन् ।
कोरोना विरद्ध भ्याक्सिन र औषधीको खोजमा विश्व स्वास्थ्य संगठन र अरु धेरै देश लागिरहे पनि अझै यसको विकास भईनसकेका कारण दैनिक यस भाईरसले हजारौको मृत्यु भईरहेको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८६ हजार ८ सय नाघेको छ भने कुल संक्रमित १४ लाख ५० हजार बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३३ हजार ६ सय नाघेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ३३ हजार पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ३ सय पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २३ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २७ हजार ४ सय नाघेको छ भने १ लाख ७८ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २७ हजार ३ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७२ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ५२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १४ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या पनि २ लाख हजार नाघेको छ ।
यसै गरी भारतमा कुल संक्रमितको संख्या ८१ हजार नाघेको छ भने २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ