विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन लाख नजिक पुग्यो, संक्रमित पनि ४४ लाख माथि

विस्वभर कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या तीन लाख नजिक पुग्यो, संक्रमित पनि ४४ लाख माथि

  • बिहिबार, जेष्ठ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

बैशाख ३० एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दिनहुँ मृतक बढ्दै गएर तीन लाख नजिक पुगेको छ ।
चीनको वुहानमा देखा परे पछि आज सम्म करीब ६ महिनाको अबधिमा भाईरसले दिनै पिच्छे मृत्यु र संक्रमण निम्त्याईरहेको छ ।
कोरोनाले हाल सम्म विश्वमा यो खबर तयार पार्दा सम्म २ लाख ९७ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । यो करीब तीन लाखको नजिक पुगेको छ ।
त्यसै गरी संक्रमित पनि ४४ लाख २२ हजार भन्दा धेरै पुगेका छन् । १६ लाख ५४ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८३ हजार पार भएको छ भने कुल संक्रमित १४ लाख २७ हजार बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३३ हजार पार भएको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख २९ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३१ हजार पार भएको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २२ हजार भन्दा बढी छ ।
स्पेनमा मृतकको संख्या २७ हजार १ सय ४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७१ हजार बढी रहेको छ ।
फ्रान्समा मृतकको संख्या २७ हजार ७४ पुगेको छ भने १ लाख ७८ हजार भन्दा बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या २ लाख ४२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार २ सय १२ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १३ हजार नाघेको छ भने संक्रमितको संख्या पनि एक लाख ८८ हजार नाघेको छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार ८ सय ५९ पुगेको छ भने संक्रमित एक लाख ७४ हजार भन्दा बढी छ ।
यसै गरी भारतमा कारोना निरन्तर बढीरहेको छ । भारतमा कुल संक्रमितको संख्या ७८ हजार नाघेको छ भने २ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ