साउदीमा बढ्दै कोरोना कहर, ६ सय ७४ नेपाली संक्रमित

साउदीमा बढ्दै कोरोना कहर, ६ सय ७४ नेपाली संक्रमित

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौँ बैशाख ३१ । मध्यपूर्वको साउदी अरबमा कोरोना भाइरसको कहर निरन्तर बढीरहेको छ । त्याहाँ कोरोनाबाट करीब ४३ हजार संक्रमित पुगेका छन् भने २ सय ६४ जनाको मृत्यु भएको छ ।
त्यसबाट रोजगारीका लागि त्याहाँ पुगेका नेपाली समेत ठूलै दरमा संक्रमित हुन थालेका छन् । पछिल्लो तथ्यांक अनुसार ६ सय ७४ जना नेपाली संक्रमितको संख्या पुगेको छ भने १ जनाको मृत्यु भएको छ । संक्रमित मध्य ११ जना महिला रहेको नेपाली दुतावासले जनाएको छ ।
थुप्रै नेपालीहरु जोखिम मोलेर ड्युटीमा खटिरहेको र कतिपयको रोजगारी टुटेर बिजोग हुन थालेको गनासो साउदीमा रहेका नेपालीहरुले गरीरहेका छन् ।

सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिम क्षेत्र ९मक्का, मदिना, जेद्दा र जजान आदि० मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएको उनले बताए । संक्रमित भएका मध्ये कैयौं जना निको भइ काममा फर्किसकेका छन् ।

साउदी सरकारले दिएको जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण सुरु भएदेखि विभिन्‍न कारणले मृत्यु भएका ३१ नेपाली नागरिकहरु मध्ये १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीनजना नेपालीको मृत्युको कारण प्रष्ट नभएकाले खुलाइ पठाइदिन साउदी सरकारलाई अनुरोध गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी