पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वभर झण्डै ५ हजार मानिसको मृत्यु, कुल २ लाख ९२ हजार नाघ्यो  

पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वभर झण्डै ५ हजार मानिसको मृत्यु, कुल २ लाख ९२ हजार नाघ्यो  

  • बुधबार, बैशाख ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बैशाख ३० एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दैनिक मृत्यु हुने र संक्रमित बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा विश्वभर करीब ५ हजारको ज्यान गएको छ ।
कोरोनाले हाल सम्म विश्वमा यो खबर तयार पार्दा सम्म २ लाख ९२ हजारको मृत्यु भएको छ भने ४३ लाख ३६ हजार मानिस संक्रमित भएका छन् । १५ लाख ९४ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८३ हजार पार भएको छ भने कुल संक्रमित १४ लाख बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३२ हजार ६ सय ९५ पुगेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख २६ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार ९ सय ११ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख २१ हजार भन्दा बढी छ ।
फ्रान्समा मृतकको संख्या २६ हजार ९ सय २१ पुगेको छ भने १ लाख ७८ हजार भन्दा बढी संक्रमित छन् ।
स्पेनमा मृतकको संख्या २६ हजार ९ सय २० पुगेको छ भने संक्रमितको संख्या २ लाख ६८ हजार बढी रहेको छ ।
रुसमा संक्रमितको संख्या २ लाख ३२ हजार नाघेको छ भने मृतकको संख्या २ हजार १ सय १६ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या १२ हजार ४ सय ४ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ७७ हजार नाघेको छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार ७ सय ३८ पुगेको छ भने संक्रमित एक लाख ७३ हजार भन्दा बढी छ ।
यसै गरी भारतमा कारोना निरन्तर बढीरहेको छ । भारतमा कुल संक्रमितको संख्या ७४ हजार २ सय ९२ पुगेको छ भने २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ३२ हजार नाघेकोे छ भने मृतकको संख्या ७ सय २४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ