बैशाख ३१ दिल्ली । भारतको पश्चिम बंगालको हुगली जिल्लाको तेलिनि पाडामा एकै गाँउमा पाचँ जनालाई कोरोना संक्रमण पुष्टी भए लगत्तै अर्को गाँउका मानिसहरुले बाटो बन्द गरिदिए पछि दुई पक्षबीच झडप र आगजानी हुदाँ कैयौ घाईते भएका छन् । घाईतेको एकीन विवरण सार्वजनिक हुन बाकीँ छ ।
हिंशापछि त्याहाँ धारा १ सय ४४ लागू गरिएको छ भने अहिले सम्म ३७ जना पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
हिसांले साम्प्रदायिक रुप लिए पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जनाईएको छ ।
कोरोना संक्रमित पाईएमा नागरिकलाई अर्को समुदायको मान्छेले कोरोना भनेर नाम काडेर बोलाउन थाले पछि विवाद शुरु भएको थियो ।
झडपमा बम समेत प्रहार भएको प्रहरीको दाबी छ । प्रहरीले हिंशा नियन्त्रणका लागि गोली तथा अश्रूग्यास समेत प्रहार गरेको थियो । यस हिशाका क्रममा ४२ वटा पसल समेत जलाईएका छन् भने दर्जनौं सवारी साधनमा आगजानी भएका छन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार अल्पसंख्यक नागरिकका ५ जनामा कोरोना संक्रमित पाईए पछि अर्को समुदायले गाँउबाट निस्कने एउटै मात्र बाटो बन्द गरिदिए पछि उनीहरुले बिरोध जनाउने क्रममा भीडन्त भएको हो ।
यसैबीच पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले राज्यमा हिंशा फैलाउने काममा बिजेपी लागेको आरोप लगाएकी छन् । साझँ हिजो साझँ पत्रकार सम्मेलन गरी बनर्जीले बिजेपीले यसलाई साम्प्रदायीक रुप दिएर भड्काउन खोजेको आरोप लगाएकी छन् ।
लगातार तीन दिन देखि हिशा पटक पटक भड्कीने गरेको बताईएको छ ।