भारत उत्तराखण्डमा बसेका नेपालीद्धारा उद्धारका लागि याचना, सुनिदिने कोही छैन

भारत उत्तराखण्डमा बसेका नेपालीद्धारा उद्धारका लागि याचना, सुनिदिने कोही छैन

  • मङ्लबार, बैशाख ३०, २०७७
  • भरतराज शर्मा(गोपाल)

  • 22.4K
    SHARES

धरान सुनसरी । काम मजदुरीको सिलसिलामा भारत गई लकडाउनमा फसेका ३९ नेपालीद्धारा नेपाल सरकार समक्ष आफुहरुलाई नेपालको बार्डर सम्म भएपनि ल्याई दिन अपलि गरेको छ ।
हाल संसारभरी कोरोना महामारीको चपेटामा परेका बेला नेपाल सरकारले महामारीको समयमा आफुहरुलाई सहयोग गर्न मिडियामार्फत उनीहरुले याचना गरेका हुन ।
करिब ५ महिना अघि नै भारतको उत्तराखण्ड स्थित हरीद्धारमा डी एस एन कम्पनीमा मार्केटिङको काम गर्न गएका उनीहरु लकडाउनका कारण त्यहा फेसेपछि आफनो देश नेपाल फर्किन सकिरहेको छैन ।
आज मंगलबार मकालु खबर डट कमका सुनसरी रिपोर्टर भरतराज शर्मा(गोपाल) संग समाजिक संञ्जाल फेसबुक म्यासेन्जरमा कुराकानी गर्दे त्यहा कार्यरत्त कम्पनीमा ३९ जना मध्ये मोरङ धनपालथान गाउपालिका वडा नं ७ का एक युवक रबिन्द्र यादवले आफुहरु करिब ३ महिना देखी भारतमा फसेको र यहा“को सरकारले आफुहरुलाई आफनो देश जाने अनुमति दिईसेकेको भए पनि नेपाल सरकारको अनुमति नभएकाले आफुहरु सोही कम्पनीको सानो होस्टेलमा कष्टकर जीवन बिताईरहेको बताएका छन ।


उनले आफु लगायत त्यहा चितवन,काठमाडौका हिराराज बर्जाचार्य,धादिङका गणेश गुभाजु,तनहुका सन्दीप थापा,सुमन थापा लगायत ३९ जना नेपालीहरु रहेको र तीनीहरुलाई आफनो देश नेपाल ल्याउनका निम्ती स्थानीय सरकार, प्रदेश तथा केन्द्र सरकारका सम्बन्धीत ब्यक्तिहरुलाई मिडियामार्फत जानकारी गराई दिनुहुन आग्रह पनि गरेका छन ।
उनै यादवले दिएको सूचना अनुसार महिनौ सम्म कम्पनी बन्द भएको र कम्पनीले नै अहिले सम्म खान र बस्ने ब्यवस्था मिलाएको भएपनि कम्पनीले लामो समयसम्म आफुहरुलाई खान, बस्न दिन नसक्ने भन्दै सकेसम्म तुरुन्तै आफनो देशजान आदेश गरेको पनि बताएका छन ।
त्यती मात्र नभई यादबले आफुहरु रहेको स्थानलाई भारत सरकारले रेड जोन नै घोषणा गरेको हुनाले त्यहा बस्ने नेपालीहरु ३९ जना नै जोखिमको निकै नजिक रहेको बताएका छन ।
उनीहरुलाई स्थानीय प्रशासनले घर बाहिर निस्कन नदिएको र ब्यक्तिगत पास बनाउनका लागी पनि आफुहरुसंग भारत सरकारले जारी गरेको आधार कार्ड नभएकोले झनै समस्यामा परेका कुराकानीको क्रममा बताएका छन । त्यसैले पनि नेपाल सरकारले हाम्रो गुहारलाई सुनि छिटोभन्दा छिटो कदम चालोस भन्ने उनीहरुको भनाई पनि छ ।


कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो आग्रह गरिएको तिनै नेपालीहरुले बताएका छन ।
उनीहरुलाई त्यहाबाट नेपाली दूतावासको शरणमा पनि जाने अबस्था नरहेकोले पत्रकारीताको सहारा लिई नेपाल सरकारलाई विशेष याचना गरेका छन ।
त्यस्तै यादवले आफुहरु कम्पनीभन्दा बाहिर निस्किन सक्ने अबवस्था नरहेकोले पनि बिभिन्न कठिनाइ भोग्न बाध्य भएको र अप्ठयारो मै परेको कारण पनि नेपाली दूतावास समक्ष पत्राचार समेत गर्ने अबस्था नरहेको जानकारी दिएको छन।
अहिले भारतको बिभिन्न स्थानहरु रेडजोन घोषीत भएको र बिभिन्न समुदाय तथा साधानहरुबाट दिनप्रतिदिन भयानक दुर्घटनाहरु भईनै रहेकाले पनि भारत सरकाले आफनो मुलुक जोगाउन कठोर कदमहरु चालिनै रहेको छ भने यो अबस्थामा नेपालीहरुलाई झन समस्या हुने गरेको छ ।
लकडाउनकै दोरान एकसातामा भारतमा दुई ठुलठुला दुर्घटना एक बिशाखापटनममा ग्यास लिक भई ११ जनाको मृत्यु र अर्काे मालगाडी(टे«न)को टक्करबाट १६ जन पैदल हिडदै गन्त्वय तर्फ जादै गरेका मजदुरको एकै ठाउ मृत्यु समेत भईसकेको छ ।
उर्काेतिर नेपाली नियोगलाई आफना नागरिकलाई पनि नेपालमा ख्याल गरिदिन भनेका छन्। कूटनीतिमा रेसिप्रोसिटी रहने हुनाले यसमा नेपालले आफनै नागरिक सरह नै सहयोग गर्ने बचन दिएको छ भने उता त्यस्तो अबस्था नरहेको पिडितहरुले बताएका छन । पछिल्लो समय भारत लगायतका थुप्रै राष्ट्रहरुमा धेरै नेपाली पनि त्यस्तै समस्यामा परेको पनि छ।
यादवले बिगतगतका दिनहरुमा जे जसरी खादै बस्दै आएपनि अबको दिनमा यस्तै अबस्था रहिआए भारतका सहरमा भौकै प्यासै मर्न स्थितीको सिर्जना हुने भन्दै आफुसंग रहेका भारतीय मोवाईल नम्बर +९१८५३९०२७९०० तथा ठेगाना उत्तराखण्ड हरिद्धार भारतमा सम्पर्क गरी आफुहरुलाई उद्धार गरी घर ल्याईदिनुहुन आग्रह गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी