राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरता का लागि

राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरता का लागि

  • मङ्लबार, बैशाख ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

राष्ट्रियता

देशको सिमाना बिदेशि अतित्रमण बाट जोगाउन आवस्यकता परेको स्थितिमा नेपाल सरकार असमर्थ हुन्छ भने, बिदेसिहरुले नेपाली भुमि मिचेर हाम्रो देशको माटोमा धावा बोल्छ भने, प्रवासबाट लाखौ युवा शक्तिहरु फर्किन तयार छौ, पुर्खाले रगत पसिना खर्चेर बचाएको देश नेपाल हो बिरताले भरियको ईतिहास भएको भएको हाम्रो देश नेपाल हो त्यो इतिहासलाई मेट्न दिने छैनौ। भारतीयहरुको गुलाम हुनु भन्दा दलालहरुको दासता ग्रहन गर्नु भन्दा सिमानामा देश रक्षाको लागि सहिद हुन तयार छौ ।

नेपाल सरकारले कुटनितिक रुपमा यथासिघ्र पहल गर्नु पर्यो सिमा बिबादको बारेमा भारतले लिपुलेख, काला पानी, लिपियाधुरा मात्र होइन नेपाल भारत सिमाना जोडियको धेरै ठाउँहरुमा जमिन गरिरहेको छ, रातारात जङ्गे पिल्लर हटाइ रहेको छ। अब नेपाल सरकार मौन भएर, आखा बन्द गरेर, हातमा हात बाधेर, मुख सिलाएर, तै चुप मै चुप बस्नु हुदैन नेपानी सेना लाई सिमा रक्षा गर्न आदेश देउ नेपाली सेना र नेपाल सरकार ले नसक्ने स्थिति आउछ भने नेपाली जनता लाई आदेस देउ सिमाना सुरक्षा गर्न बिर गोरखालीका सन्तान नेपाली जनताहरुले बिरता पुर्बक सिमा रक्षा गर्न हासि खुसि पुनः बिरताका साथ सफल भएर देखाउने छन ।

छुमेकी देश भारत चाईनाले होस, अथवा कुनै पनि देशले नेपाली भुमिमा गर्ने कुनै पनि हस्तक्षेप कारि निति ल्याउछ भने, नेपाली देश जनताको बिरुद्ध धावा बोल्छ भने, नेपालीहरु देशको पक्षमा एक भएर प्रतिबाद गर्नु पर्द्छ हामी कुनै पनि राजनीतिक दलको समर्थक हौला तर देश र जनताको पक्षमा हामी सदा एक भएर लाग्नु पर्छ बिस्तारवादी बिदेशी शक्तिहरुको बिरुद्द जाई लाग्नु पर्छ राष्ट्रिय स्वाधीनता बचाउनको लागि। जब देश नै नरहे हामी नेपाली कहा रहुला र रु भारतिय हस्तक्षेप बिरुद्ध नेपाली जनता एक हौ देशको सार्वभौमिकता जोगाउ हाम्रो जमिन लुटन आई लाग्नेलाई कडा प्रतिकार गरेर सबक सिखाउन जरुरी छ। ताकि भबिस्यमा नेपाली जमिनमा गिद्धे नजर लगाउने दुस्साहस कसैले गर्न नपाओस। भारतीय नव सम्राज्यवाद बिरुद्ध पार्टीगत स्वार्थ भन्दा माथी उठेर नेपाली जनता भएर लड्नुको बिकल्प छैन। सत्तामोहमा रहेकाहरुलाई चेतनाहोस।

आत्मनिर्भरता

नेपाली जनताहरुको मुक्तिको आन्दोलनका बिभिन्न कालखण्ड लाखौ नेपाली जनताका छोराछोरी हरुले बलिदान त्याग तपस्या गर्दै आएका छ्न चाहे त्यो बिदेसि साम्राज्यवादीको बिरुद्ध भण्डाफोरको युद्ध होस अथवा नेपालको शासकहरु दलाल फासिबादि सत्ताको बिरुद्द होस हाम्रा पुर्खाहरु हरु अग्रजहरु जनताहरुको पक्षमा निरन्तर आन्दोलन गर्दै आएका छ्न।

धेरै पछि नजाउ २०५२ सालमा बाट शुरु भएको दश बर्षे जनयुद्ध २०६२र६३ एतिहासिक जनआन्दोलन बाट प्राप्त भएको उपलब्धिहरु लाई सस्थागत भएको अनुभुति गर्न सक्ने अबस्र्हा नै छैन जनतालाई, राजनीतिक दलको आकार प्रकार तल माथि भय पनि नेता कार्यकर्ताको जिबन स्थर राम्रो भए पनि आम निम्न बर्गिय मजदुर किसान मध्य बर्गिय जनताहरुको जिबन स्थर सुध्रिन सकेको छैन जनताको समस्या ज्युका तियु छन, तर पनि नेताहरुको सानो फुई छैन भाषन ठुला ठुला गर्छन चुनाबमा। फेरि चुनाब जितेर उहि संसदिय ब्यवस्थामा बसेर देश र जनतालाई लुटपिट गर्छन ।

गरिब मजदुर किसान तमाम सर्वहारा बर्गको जिबन स्थर दयनीय भैरहेको छ लाखौ युवा जनशक्ति रोजगारीको लागि बिदेस पलाएन भैरहेका छ्न बिदेशीको अगाडी शिर निहुराएर काम गरि रहेको छ्न। पुर्खाको बिरताले भरिएको इतिहासले भरिएको बिस्वका महाशक्तिशाली भनाउदा देशहरु अरुको गुलाम बनी रहदा सर्वभौम देश नेपाल ले आफ्नो शिर कहिले झुक्न दिएको थिएन। अहिले देशमा पर्याप्त रोजगार नहुदा लाखौ युवाहरु बिदेशि भुमिमा आफ्नो श्रम बेच्न बाध्य भैरहेका छ्न राज्यले देशमा नै आफ्नो नागरिक लाई रोजगारी दिन सक्ने बाताबरण बनाउने हो भने ठुलो युवा शक्ति बिदेस पलायन हुन बाट रोकिने थियो युवा जन शक्ति लाई राज्यले सहि सदुपयोग गरि बिकास निर्माण उद्योग कलकारखाना उत्पादन मुलक क्षेत्रमा कृषि क्षेत्रमा बिभिन्न खोज अनुसन्धान बैज्ञानिक क्षेत्रमा लगाउने हो भने देस लाई चाहिने सम्पुर्ण उपभोग्य बस्तुहरु देशमा नै उत्पादन गर्ने निर्यात त्यति गर्न नसके पनि अरु देस बाट हुने आयात कम गर्न सकियो भने पनि राज्यको अर्बौ रकम जोगिन छ। अनि त्यो पैसा राज्यको ढुकुटीमा जम्मा भै आर्थिकरुपले बलियो हुन्छ।

देसमा बिभिन्न किसिमका खनिज पदार्थ निकाल्ने बनजंगल बाट जडि बुटि उत्पादन तथा प्रशोधन गरेर औसधि बनाउने कृषि उत्पादन गरेर बिदेस निर्यात गर्न सक्यो भने देशको आयश्रोत वृद्धि भै नेपालको प्रति ब्यक्ति आय बडेर जाने थियो यसले नेपाली अर्थतन्तत्रमा टेवा पुगि नेपाली जनताहरुको जिबन स्थर राम्रो हुने थियो नेपाललाई एक बिकसित देशको तुलना गर्ने योग्य बनाउन सकिने थियो अनि नेपालिहरु बिदेसमा काम गर्ने होइन घुमफिर गर्न बिभिन्न अनुसन्धान गर्न, बिश्व भ्रमण गर्न, नेपालीहरु गएको हेर्न पाईने थियो शक्तिशाली देसको नागरिक भएको महसुस गर्न पाईने थियो।

रबिन पुन (अन्जान)
कोषाध्यक्ष
नेपाली जनप्रगतिशिल मोर्चा कतार

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी