बैशाख ३० काठमाण्डौँ । नेपाली जनप्रगतिशील मोर्चाले देश महामारीसगँ जुधिरहेका बेला भारतले यस्तो अप्ठ्यारो स्थितिमा नेपालको लिपुलेकमा सीमा अतिक्रमण गरेको भन्दै त्यसका बिरुद्ध एक जुट हुन अपील गरेको छ ।
भारतका संघिय रक्षामन्त्री राजनाथ सिंहले भारत उत्तराखण्ड राज्यको पिथौरागढबाट नेपाल को लिपुले हुदै मानसरोवर जोडने ८० किलोमिटर सडकको भिडियो कन्फेरेन्स मार्फत उदघाटन गरेकोमा आपत्ति जनाउदै मोर्चाले विज्ञप्ति जारी गरी यस्तो अपील गरेको हो ।
नेपाल–भारततर्फको १ हजार ८ सय ८० किलोमिटर सीमारेखामा करिब १ हजार १ सय जङ्गे पिलर गायव छन् । हुँदाहुँदै भारतले लिपुलेकसम्म आफ्नो सीमामा समावेश गरिसकेको छ । तथापि यसको समाधान गर्न खुला सीमा नै बाधक बनिरहेको छ । नेपाल ब्रिटिसकालीन भारतदेखि नै हेपाइमा पर्याें । राणाहरु, राजाहरु र त्यसपछि पार्टीका नेतृत्वसमेत भारतका शासक रिझाउन प्रतिस्पर्धा नै गरिरहे । मोर्चाका अध्यक्ष बिजयलामाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
साथै सिमा भारतले मिचिरहदा सरकार कानमा तेल हालेर सुतेको भन्दै आपत्ति जनाईएको छ ।