बैशाख ३० एजेन्सी । मध्यपूर्वकै धनी देशमा गनिने साउदी अरबले तेलको ब्यापारमा कमी, मुल्यमा गिरावट आए पछि अर्थतन्त्री डुब्नबाट जोगिन भन्दै कर्मचारीलाई दिदै आएको जीवन निर्वाह भत्ता कटौती गरेको छ । साथै उसले मुल्य अभिवृद्धि कर तीन गुणाले बढाएको छ ।
विश्व बजारमा तेलको मागमा कमी, तेलको मुल्य अहिले सम्मकै न्युन विन्दुमा गिरावट आए पछि तेल अर्थतन्त्रमा टिकेको साउदीले यो निर्णय गर्दै पीडादायी भए पनि आवस्यक भएको घोषणा गरेको छ ।
कोरोना भाईरस र तेलको मुल्यमा कमीले गंभीर अवस्था आएको भन्दै यस्तो निर्णय गर्नु परेको अर्थमन्त्री मोहम्मद अल जदानले बताएको अलजजिराले उल्लेख गरेको छ ।
साउदीले सरकारी कर्मचारीलाई सन् २०१८ देखि १ हजार रियल अर्थात नेपाली करीब ३० हजार रुपैया जीवन निर्वाह भत्ता दिदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline