विश्वभर कोरोना संक्रमित ४२ लाख ५० हजार माथि पुग्यो, मृतकको संख्या दुई लाख ८७ हजार पुग्यो

विश्वभर कोरोना संक्रमित ४२ लाख ५० हजार माथि पुग्यो, मृतकको संख्या दुई लाख ८७ हजार पुग्यो

  • मङ्लबार, बैशाख ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बैशाख ३० एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दैनिक मृत्यु हुने र संक्रमित बढ्ने क्रम रोकिएको छैन ।
कोरोनाले हाल सम्म विश्वमा यो खबर तयार पार्दा सम्म २ लाख ८७ हजारको मृत्यु भएको छ भने ४२ लाख ५० हजार मानिस संक्रमित भएका छन् । १५ लाख २५ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८१ हजार पार भएको छ भने कुल संक्रमित १३ लाख ८५ हजार बढी रहेका छन् ।
बेलायतमा मृतकको संख्या ३२ हजार ६५ पुगेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १९ हजार भन्दा बढी छ ।
स्पेनमा मृतकको संख्या २६ हजार ७ सय ४४ पुगेको छ भने संक्रमितको संख्या २ लाख ६८ हजार बढी रहेको छ ।
फ्रान्समा मृतकको संख्या २६ हजार ६ सय ४३ पुगेको छ भने १ लाख ७६ हजार भन्दा बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या २ लाख २१ हजार नाघेको छ भने मृतकको संख्या २ हजार ९ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार ६ सय ६१ पुगेको छ भने संक्रमित एक लाख ७२ हजार भन्दा बढी छ ।
ब्राजिलमा मृतकको संख्या ११ हजार ५ सय १९ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ६८ हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३९ हजार नाघेको छ भने ३ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ६ सय ८५ पुगेको छ भने संक्रमित एक लाख ९ हजार नाघेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार ९ सय ९३ पुगेको छ भने संक्रमित ७० हजार नजिक पुगेको छ ।
चीनमा फेरी १७ जना नयाँ संक्रमित भेटिएर ८२ हजार ९ सय नाघेको छ । वुहानमा ८९ बर्षे वृद्ध सहित ५ जनामा भेटिएको थियो भने अन्य शहरमा गरेर १७ जना नयाँ संक्रमित भेटिएको हो ।
यसै गरी छिमेकी भारतमा कारोना निरन्तर बढीरहेको छ । भारतमा कुल संक्रमितको संख्या ७० हजार हजार ७ सय ६८ पुगेको छ भने २ हजार २ सय ९४ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ३० हजार ९ सय नाघेकोे छ भने मृतकको संख्या ६ सय ६७ पुगेको छ ।
यस्तै साउदी अरबमा संक्रमितको संख्या ४१ हजार नाघेको छ भने २ सय ५५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ