बैशाख ३० एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाईरस लुकेको दुष्मन भएको बताएका छन् ।
उनले ह्वाईट हाउसका आफ्ना एक जना सुरक्षा गार्डमा कोरोना भेटिए पछि यस्तो टिप्पणी गरेका हुन् । उनले भने ह्वाईट हाउसको कर्मचारीलाई अघिल्लो दिन नेगेटिभ पाईएको थियो , भोली पल्ट पोजेटिभ पाईयो , त्यसैले यो लुकेको दुष्मन हो, सम्झनु पर्छ भनेका छन् ।
ह्वाईट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले अमेरीकामा हरेक दिन एक लाख ५० हजार देखि ३ लाख सम्मको कोरोना परक्षिण भईरहेको पनि ट्रम्पले बताए ।
हाल सम्म अमेरीकामा करीब साडे १३ लाख सक्रमित छन् भने ८० हजार भन्दा बढीको संख्यामा अमेरीकी नागरिकको ज्यान गईसकेको छ ।
ट्रम्पले आउने बर्ष अमेरीकी अर्थ व्यवस्था अत्यन्त राम्रो हुने दाबी गरेका छन् ।
दुनियाँभरबाट अधिकतम बस्तुहरुको माग भईरहेको भन्दै अब अमेरीकी अर्थव्यवस्था बलियो हुने दाबी गरे ।
अमेरीकामा कोरोना महामारीका कारण मात्रै अर्थतन्त्र संकटमा परीरहेको छ भने ३ करोड ३० लाख बढी मानिसहरु बेरोजगार भएको बताईएको छ ।