बैशाख २९ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण दैनिक मृत्यु हुनेको संख्यामा पछिल्लो २४ घण्टामा कमी आएको छ ।
कोरोनाको केन्द्र बनेको अमेरीका देखि यूरोप सहित अन्य देशमा समेत अरु दिनको तुलनामा पछिल्लो २४ घण्टामा यो संख्यामा कमी आएको तथ्यांकले देखाएको छ । कोरोनाले हाल सम्म विश्वमा यो खबर तयार पार्दा सम्म २ लाख ८३ हजार बढीको मृत्यु भएको छ भने ४१ लाख ७६ हजार मानिस संक्रमित भएका छन् । १४ लाख ८७ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा पछिल्लो २४ घण्टामा ७ सय २० जनाको मृत्यु भएको छ । अन्य दिनमा १५ सय बढी अधिकतम दैनिक ६ हजारको समेत मृत्यु भएको रेकर्ड थियो । पछिल्लो २४ घण्टामा अप्रील महिना यता सबै भन्दा कम भएको देखिएको छ ।
ंयो सगँै अमेरीकामा कुल मृत्यु हुनेको संख्या ८० हजार ७ सय ५७ रहेको छ भने कुल संक्रमित १३ लाख ६६ हजार रहेका छन् ।
युरोपेली मुलुकमा पछि पछिल्लो २४ घण्टामा अन्य दिनको तुलनामा कम मृत्यु भएको देखिएको छ ।
बेलायतमा मृतकको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख १९ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार ५ सय ६० पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १९ हजार भन्दा बढी छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जनाको मृत्यु भएको छ । र मृतकको संख्या २६ हजार ६ सय २१ पुगेको छ भने संक्रमितको संख्या २ लाख ६४ हजार बढी रहेको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ७० जनाको मृत्यु भएको छ र कुल मृतकको संख्या २६ हजार ३ सय ८० पुगेको छ भने १ लाख ७६ हजार भन्दा बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या २ लाख ९ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार ५ सय ६९ पुगेको छ भने संक्रमित एक लाख ७१ हजार भन्दा बढी छ ।
ब्राजिलमा मृतकको संख्या ११ हजार १ सय २३ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ६२ हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३८ हजार नाघेको छ भने ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ६ सय ४० पुगेको छ भने संक्रमित एक लाख ७ हजार नाघेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार ८ सय ७० पुगेको छ भने संक्रमित ६८ हजार पार भएको छ ।
यसै गरी छिमेकी भारतमा एकै दिन ४३ सय बढी संक्रमित ६७ हजार १ सय ६१ पुगेको छ भने २ हजार २ सय १२ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर ३० हजार ३ सय नाघेकोे छ भने मृतकको संख्या ६ सय ५९ पुगेको छ ।