अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

अलपत्र नेपालीको उद्धारका लागि २० करोड ‘सिडमनी’ व्यवस्था गर्न माग

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.3K
    SHARES

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले कोभिड–१९ बाट प्रभावित मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिएको छ । एनआरएनको मध्यपूर्व क्षेत्रका प्रतितिधि र नेपाली नियोगका प्रतिनिधि सहभागी ‘भर्चुअल’ बैठकमा कोभिड–१९ का कारण प्रभावित नेपालीको वर्तमान अवस्थाका बारेमा छलफल भएको थियो ।

बैठकमा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सकारात्मक सूचना सम्प्रेषण गरी नेपालीको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याई नेपाल जानै पर्ने अवस्थाका नेपाली नागरिकलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिनुभएको थियो । कोरोनाका कारण कति समयसम्म अन्तर्राष्ट्रिय उडान रोकिन्छ भन्ने यकिन नभएकाले सो अवधिसम्म धैर्य गर्न उहाँले आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याउनुभयो । सङ्घका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि रु २० करोडसम्मको ‘सिड मनी’को व्यवस्था गर्न नेपाल सरकारलाई प्रस्ताव गरिएको बताउनुभयो ।
सङ्घको वैदेशिक रोजगार समितिका संयोजकसमेत रहनुभएका केसीले विदेशमा अलपत्र परेका ११२ नेपालीको शव नेपाल लैजान तत्कालै कदम चाल्नुपर्नेम जोड दिनुभएको थियो । बैठकले स्वास्थ्य टोली गठन गरी कोभिड–१९ बाट नेपाली प्रभावित भएका ठाउँमा परिचालन गर्नुपर्ने, हटलाइनको व्यवस्था गरी समस्यामा परेका नेपालीलाई सहयोग गर्नुपर्ने, राहत तथा औषधिका लागि स्वास्थ्य कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएको थियो ।

एनआरएनए हङकङद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० राष्ट्रिय समन्वय परिषद् हङकङले कोभिड–१९ को विरुद्ध प्रयोग गरिने स्वास्थ्य उपकरण सरकारलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित कार्यक्रममा ५० थान आइआर थर्ममिटर र चार हजार थान केएन नाइन्टी फाइव मास्क हस्तान्तरण गरिएको हो । सङ्घका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी