बैशाख २८ एजेन्सी । चीनमा सुरक्षा विज्ञहरुले जनमुक्ति सेनाका लागि एक हजार आणविक अस्त्र प्रतिरोधी वारहेड तत्कालै बढाउन सुझाव दिएका छन् ।
अमेरीकाले चीन विरुद्ध आर्थिक, राजनीतिक मात्र नभई दक्षिणी चीनीया सागरमा सामरिक रुपले समेत चुनौती दिन थाले पछि चीन शान्ति प्रिय हुदाँ हुदै पनि प्रतिरोधी क्षमता बढाउन भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन् ।
ग्लोबल टाईम्समा प्रकाशित रिपोर्ट अनुसार छोटो समयमै एक सय भन्दा बढी विध्वशात्मक युद्धपोत दोङफेङ जस्ता अस्त्र बनाउन सफल भएको उदाहरण दिदै अब अमेरीकाले चीनलाई रणनीतिक प्रतिस्पर्धी ठानेको र उसले कुनै पनि समयमा धावा बोलन सक्ने भएकाले पूर्व प्रतिरक्षाको स्थिति अझ सुदृढ गर्नु पर्ने सुझाव दिएका छन् ।
धेरै आणविक हतियार भन्दा पनि आणविक हतियार रोक्न सक्ने वारहेड निर्माण चीनका लागि अत्यावस्यक भएको उनीहरुले बताएका छन् ।
अमेरीका अत्यन्त क्रुद्ध भएर चीन विरुद्ध उत्रिएको भन्दै अब कुनै ढिलासुस्ती परमाणु अस्त्र प्रतिरोधी वारहेड निर्माणमा ढिलो गर्न नहुने उनीहरुको सुझाव छ ।
हु सियाजिनले लेखेका छन् ।
कथंकदाचित अमेरीकाले चीनमाथि आणविक हमला गर्यो भने प्रतिरोधी प्रणाली जरुरी पर्नेछ, चीनलाई बचाउने त्यो बाहेक अरु बिकल्प हुदैन । लेखमा भनिएको छ ।
चीन अमेरीका भन्दा निकै कम आणविक शक्ति भएको मुलुक हो ।
दक्षीणी चीनीया सागर र ताईवान मामलामा अमेरीकाले निहु खोजिरहेको छ । उसले आफ्नो विश्व व्यापी प्रभुत्व कायम राख्न चीनलाई पराजीत गर्नु पर्छ भन्ने मानसिकतामा देखिन्छ । विज्ञहरुले औल्याएका छन् ।
ट्रम्प राष्ट्रपति भए देखि नै आणविक अस्त्रमा लगानी बढाउन खोजिरहेका छन् , त्यस्तो स्थितिमा चीन कसरी पुरानै अवस्थामा रहन सक्छ ?
चीनले कहिले पनि आणविक शक्तिको घमण्ड देखाउदैन, सैन्य शक्तिको घमण्ड देखाउदैन र यसले शुरुमै कसैमाथि पनि आण्विक हमला गर्ने छैन तर प्रतिरोध क्षमता कम भयो भने निश्चय नै चीनको रणनीतिक र राष्ट्रिय सुरक्षा खतरापूर्ण हुनेछ । लेखमा भनिएको छ ।
यस अघि क्युवामा देखिएको आणविक संकट र जापानमा अमेरीकाले हिरोसिमा र नागाशाकीमा खसालेको अण्ुा बमका कारण पनि अन्य राष्ट्रहरु अणुबम निर्माणमा केन्द्ीत भएका थिए ।