यतै मरीहाल्यो भने त ठीकै छ, बाँचेर देश आउन पाईयो भने……

यतै मरीहाल्यो भने त ठीकै छ, बाँचेर देश आउन पाईयो भने……

  • आइतवार, बैशाख २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 33.4K
    SHARES

हाम्रो सरकार छ कि छैन , हामी जनता हो कि हैन ? सिमाना पारी महिनौदेखि आफ्नो मातृभूमि घर फर्कन खोजीरहेका नेपाली विभिन्न क्वारेन्टाईनमा बसेकाहरुले क्वरोन्टाईनमै नेपाल सरकार र प्रशासनले घर लान नसकेको भनेर आक्रोस व्यक्त गरेका छन् । उनीहरुले क्वारेन्टाईनमै नाराबाजी समेत गर्दै भिडियो सन्देश पठाएका छन् ।
जसमा उनीहरुले यतै मरिएछ भने ठीक छ बाचेर आउन पाईए छ भने जनताको मतलव नगर्ने नेताहरुलाई जुत्ताको माला लगाउने सम्मको चेतावनी दिएका छन् ।
कन्चनपुर, बाके, गुल्मी, सल्यान, दाङ लगायतका जिल्लाबाट रोजगारी गर्न पुगेका नेपालीहरुले त्यस भिडियोमा सरकारलाई प्रश्न गरेका छन् , भारतीयहरु धमाधम सामान बोकेर गएर ब्यापार गरीरहेका छन्, नाका नेपालीलाई मात्र सिल हो कि भारतीयलाई पनि ? उनीहरु नेपालगञ्जको जमुनाहा नाका पारीको क्वारेन्टाईनमा राखिएका छन् ।
उनीहरुले भोट हाल्ने बेला नमस्कार गर्दै आउनेले अहिले किन जनतालाई वास्ता नगरेको भन्दै प्रचण्ड र वलीलाई प्रधानमन्त्री पनि जनताले नै बनाएको र जनतालाई दुखः दिनेलाई जनताले नै जुत्ता हान्ने दिन आउने पनि चेतावनी दिएका छन् ।
त्याहाँ ७४ बर्षे बुद्धाले समेत सरकारलाई जनतालाई घर लाने आँट छ कि छैन भनेर प्रश्न गरेको देखिन्छ ।
त्यसै गरी उनीहरले अरु देशले आफ्नो देशको नागरिक खोजी खोजी लगेको भन्दै देशको ढोकामै पुगेकालाई समेत लाठी हानेर फर्काएको हो ? भनेर प्रश्न गरेका छन् ।
यति सम्म कि त्यहाँ क्वारेन्टाईन भनेर राखिएका २ वटा कोठामा ६५ जना नेपाली राखिएका छन् । जसमा ३० देखि ३५ जना सम्म १५ बाई २० को कोठामा बस्न बाध्य छन् ।
यसमा उनीहरुलाई बस्न र सुत्न पनि हिरासतमा जस्तै गाह्रो भएको छ । उनीहरुलाई खान समेत दिनमा एक पटक मात्र दिईएको छ ।
अझ उनीहरुले पीडा व्यक्त गरेका छन् कि भारतीय कर्मचारीहरुले भारत सरकारले ल्याएको हैन , कति दिन पाल्ने ? तिमीहरुको सरकारले वास्ता गर्दैन भनेर हेप्ने गरेको समेत ग्ुनासो गरेका छन् ।
रोजीरोटीका लागि भारतको विभिन्न शहर र गल्लीहरुमा पुगेर दुखः पाएका नेपालीहरुको आवाज कसले सुन्ने , कहिले पूरा गर्ने उनीहरुकोको स्वदेश फर्कने चाहना ?
नेपालमा आएर क्वारेन्टाईनमा बस्न तयार रहेको बरु मरे पनि देशमै मर्न तयार रहेको सन्देश पनि उनीहरुले दिएका छन् ।
सरकारले भारतभर रहेका र खाडीमा रहेका नागरिकहरुलाई ल्याउने बिषयमा अझै निर्णय नगर्दा उनीहरु थप जोखिममा परीरहेका छन् ।
जमुनाहा नाका पारी बहराईचमा बसेका ६५ नेपालीहरुमा विष्णु, नेत्र, गोपाल नवीन लगायतका नाम गरेकाहरु रहेका छन् ।
भिडियो हेर्नुहोस्ः नेपालीहरुले सरकार र जनप्रतिनिधिका नाममा आफ्नो पीडा यसरी पोखेका छन्ः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी