रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा मनाउने

रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा मनाउने

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

रूसले ७५ औँ विजय दिवस कोभिड–१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताउनुभएको छ ।

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भन्नुभयो, “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।

क्रेमलिनको पर्खाल बाहिर दोस्रो विश्वयुद्धमा तत्कालिन सोभियत संघको तर्फबाट युद्ध लड्ने क्रममा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूप्रति फूलमाला अर्पण गरेपछि पुटिनले राष्ट्रका नाममा सम्बोधन गर्दै भन्नुभयो, “हामी विजय दिवसको सम्झनामा शानदार समारोह गर्नेछौँ र यसले देशभक्त योद्धाहरूको सम्मान हुनेछ र यो राज्यको कर्तव्य हो।”

“विजय दिवसको आत्मिक, नैतिक तथा उत्कृष्ट महत्व सधैं रहन्छ र यसप्रति हाम्रो दृष्टिकोण पवित्र छ । यो हाम्रो स्मृति र गौरव हो, हाम्रो देशको इतिहास, प्रत्येक परिवारको इतिहास हो,” उहाँले रूसी जनतालाई विजय दिवसका अवसरमा वधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

रूसले मे ९ लाई हरेक वर्ष विजय दिवसका रूपमा मनाउने गर्छ र उक्त दिन रूसमा राष्ट्रिय विदा पनि दिइन्छ ।

रूसबाट नाजी शासनको अन्त्य भएको घोषणा गर्दै यसै दिन वैधरूपमा एक कानूनी घोषणा गरिएको कागजातमा हस्ताक्षर गरिएको थियो । तत्कालिन सोभियत राष्ट्र रूसमा महान् देशभक्त युद्धलाई सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धको अभिन्न अङ्गका रूपमा सम्झिने गरिन्छ ।

विनासकारी उक्त युद्धमा करिब दुई करोड ७० लाख मानिसको मृत्यु भएको विश्वास गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ