बैशाख २७ काठमाण्डौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विना भ्याक्सिन कोरोना भाईरस त्यसै समाप्त हुने दाबी गरेका छन् । दुनियामा भ्याक्सिनका ट्रायलहरु चलिरहेको र अझै सफल हुन बाँकी रहेको समयमा ट्रम्पको यस्तो प्रतिकृया आएको हो ।
ह्वाईट हाउसमा रिपब्लिकन पार्टीका सांसदहरुसगँको कुराकानीमा ट्रम्पले यस्तो दाबी र्दै अमेरीका फेरी महनातातिर अघि बढीरहेको जिकिर पनि गरेका छन् ।
उनले अमेरीकामा अहिले सम्मकै सबै भन्दा ठूलो मन्दी र बेरोजगारी दर बढेका बेला यो टिप्पणी गरेका हुन् ।
मेरो यो भनाईबाट तपाई थोरै दुखी हुनुहुन्छ होला, तर यो भाईरस जान्छ, यसलाई हामी फेरी देख्दैनौ । दुनियामा यस्ता रोगहरु आए र भ्याक्सिन खोजियो तर विना भ्याक्सिन गए, टूम्पले दाबी गरे ।
तर जब पत्रकारहरुले उनलाई प्रश्न गरे भ्याक्सिन चाहिदैन भन्ने तपाईको भनाईको मतलव के हो ? त्यस पछि ट्रम्पले जवाफ दिए , यस बारेमा म चिकित्सकहरुसगँ भरोसा गर्छु । यो भाईरस यसै बर्ष या यति नै समयमा जान्छ भन्ने हैन, भ्याक्सिन भए अझ राम्रो नभए पनि यो जान्छ ।
केही दिन अघि मात्रै अमेरीकाका महामारी बिशेषज्ञ डा. एन्थोनी फौसीले जब सम्म गुणस्तरीय भ्याक्सिन आउदैन तब सम्म यो भाईरस अन्त्य नहुने चेतावनी दिएका थिए ।