विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७६ हजार माथि , संक्रमित पनि बढेर ४० लाख पुग्यो  

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ७६ हजार माथि , संक्रमित पनि बढेर ४० लाख पुग्यो  

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

बैशाख २६ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ४० लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ७६ हजार नाघेको छ । १३ लाख ७७ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ७८ हजार ५ सय नाघेको छ । संक्रमितको संख्या पनि १३ लाख २० हजार पार भएको छ ।
त्यस पछि बेलायतमा मृतकको संख्या ३१ हजार २ सय ४१ भएको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ११ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार २ सय १ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १७ हजार भन्दा बढी छ ।
स्पेनमा मृतकको संख्या २६ हजार २ सय ९९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ६० हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २६ हजार २ सय ३० पुगेको छ भने १ लाख ७६ हजार भन्दा बढी संक्रमित छन् ।
रुसमा संक्रमितको संख्या एक लाख ८७ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ७ सय २३ पुगेको छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार ५ सय १० पुगेको छ भने संक्रमित एक लाख ७० हजार भन्दा बढी छ ।
ब्राजिलमा मृतकको संख्या ९ हजार ९ सय ९२ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ४५ हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३५ हजार नाघेको छ भने ३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ५ सय ४१ पुगेको छ भने संक्रमित एक लाख ४ हजार नाघेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार ५ सय ६७ पुगेको छ भने संक्रमित ६६ हजार पार भएको छ ।
यसै गरी छिमेकी भारतमा संक्रमित ५९ हजार ६ सय ६३ पुगेको छ भने १ हजार ९ सय ८५ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २६ हजार ५ सय नाघेकोे छ भने मृतकको संख्या ५ सय ९९ पुगेको छ ।
यस्तै साउदी अरबमा संक्रमितको संख्या ३५ हजार ४ सय ३२ पुगेको छ भने २ सय ९९ जनाको मृत्यु भएको छ ।
कतारमा २० हजार २ सय १ जना संक्रमित पुगेका छन भने १२ जनाको मृत्यु भएको छ ।
युएईमा १६ हजार ७ सय ९३ संक्रमित छन् भने १ सय ७४ जनाको मृत्यु भएको छ ।
कुवेतमा ७ हजार २ सय ८ जना संक्रमित छन् भने ४७ जनाको मृत्यु भएको छ ।
मलेशियामा ६ हजार ५ सय ४५ जना संक्रमित छन् भने एक सय ७ जनाको मृत्यु भएको छ ।
बहराईनमा ४ हजार ४ सय ४४ जना संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २७ हजार २ सय ६८ जना संक्रमित छन् भने एक हजार एक सय १४ जनाको मृत्यु भएको छ ।
जापानमा संक्रमितको संख्या १५ हजार ५ सय ७५ जना पुगेको छ भने ५ सय ९० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ