बैशाख २६ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३९ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ७० हजार नाघेको छ । १३ लाख ३५ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ७६ हजार पुगेको छ । संक्रमितको संख्या पनि १२ लाख ९० हजार पुगेको छ ।
त्यस पछि ईटाली र स्पेनलाई उछिनेर बेलाय युरोमा सबै भन्दा बढी संक्रमितको मृत्यु हुने देश बनेको छ । बेलायतमा मृतकको संख्या ३० हजार ६ सय १५ भएको छ । त्याहाँ संक्रमितको संख्या दुई लाख ६ हजार नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १५ हजार भन्दा बढी छ ।
स्पेनमा मृतकको संख्या २६ हजार ७० पुगेको छ भने संक्रमितको संख्या २ लाख ५६ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २६ हजार नजिक पुगेको छ भने १ लाख ७४ हजार भन्दा बढी संक्रमित छन् ।
जर्मननीमा मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ भने संक्रमित एक लाख ६९ हजार भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एक लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ६ सय २५ पुगेको छ ।
ब्राजिलमा मृतकको संख्या ९ हजार १ सय ४६ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ३५ हजार नाघेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३३ हजार नाघेको छ भने ३ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ४ सय ८६ पुगेको छ भने संक्रमित एक लाख ३ हजार नाघेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार ४ सय ८ पुगेको छ भने संक्रमित ६५ हजार नजिक पुगेको छ ।
यसै गरी छिमेकी भारतमा संक्रमित ५६ हजार ३ सय ५१ पुगेको छ भने १ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २४ हजार ६ सय नाघेकोे छ भने मृतकको संख्या ५ सय ८५ पुगेको छ ।
यस्तै साउदी अरबमा संक्रमितको संख्या ३३ हजार ७ सय ३१ पुगेको छ भने २ सय १९ जनाको मृत्यु भएको छ ।
कतारमा १८ हजार ८ सय ९० जना संक्रमित पुगेका छन भने १२ जनाको मृत्यु भएको छ ।
युएईमा १६ हजार २ सय ४० संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ ।
कुवेतमा ६ हजार ५ सय ६७ जना संक्रमित छन् भने ४४ जनाको मृत्यु भएको छ ।
मलेशियामा ६ हजार ४ सय ६७ जना संक्रमित छन् भने एक सय ७ जनाको मृत्यु भएको छ ।
बहराईनमा ४ हजार एक सय ९९ जना संक्रमित छन् भने ८ जनाको मृत्यु भएको छ ।
पोर्चुगलमा २६ हजार ७ सय १५ जना संक्रमित छन् भने एक हजार एक सय ५ जनाको मृत्यु भएको छ ।