विश्वमा भोकमारी शुरु हुने सँयुक्त राष्ट्रसंघको चेतावनी, धनी देशहरुलाई ५ अर्ब डलर सहयोगका लागि अपील

विश्वमा भोकमारी शुरु हुने सँयुक्त राष्ट्रसंघको चेतावनी, धनी देशहरुलाई ५ अर्ब डलर सहयोगका लागि अपील

  • शुक्रबार, बैशाख २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

बैशाख २६ एजेन्सी । सँयुक्त राष्ट्रसंघले कोरोनासगैँ अब विश्वमा अनिकाल लाग्न सक्ने त्यसले महावित्ति ल्याउन सक्ने चेतावनी दिएको छ ।
सयुक्त राष्ट्रसंघ अन्तर्गत विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेबिड बेस्लेले जेनेभामा बिहिबार पत्रकार सम्मेलन गर्दै कोरोना महामारीसगैँ अब भोकको महामारी पनि शुरु भएको बताए ।
उनले १३ करोड ५० लाख भन्दा बढी मानिस अहिले नै भोकमारीको संकटमा रहेको भन्दै अझै ८ करोड बढी थपिन सक्ने बताए ।
खास गरी विकाससील र गरीब देशहरु यसको ठूलो शिकार हुन सक्ने र तत्कालै उनीहरुको सहायताका लागि कोष तयार पार्न आव्हान पनि गरेका छन् ।
यसले अफ्रीका तथा एशियाली मुलुकमा मानिस बढी जोखिममा पर्ने अनुमान गरेको छ ।
अहिले नै खाद्य असुरक्षा भएका मुलुकहरु यसको ठूलो मारमा पर्ने र यसले महाविपत्ती ल्याउन स्क्ने बेस्लेले बताए ।
सयुक्त राष्ट्रसंघले विश्वका धनी देशहरुलाई महामारी विरुद्ध जुध्न करीब ५ अर्ब डलर सहायताको लागि अपील समेत गरेको छ ।
यस रकमले विकासशील देशहरुमा महामारीको संकट निवारणका लागि सहयोग कार्यक्रम चलाईने जनाईएकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ