मलेशियाद्धारा भिसा सकिएका विदेशी कामदारलाई देश छाड्न निर्देशन, कति छन् नेपली, के गर्ला सरकारले ?

मलेशियाद्धारा भिसा सकिएका विदेशी कामदारलाई देश छाड्न निर्देशन, कति छन् नेपली, के गर्ला सरकारले ?

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाण्डौ बैशाख २५ । मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका नेपालीसहित विदेशी कामदारलाई १४ दिनभित्र मलेसिया छाड्न निर्देशन दिएको छ ।
भिसा सकिएका कामदारले आफै टिकट काटेर जान अनुमति दिएको छ । आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्न निर्देशन जारी गरेको हो ।
फिर्ता हुन चाहनेले कामदारले अध्यागमन विभाग कार्यालयमा थप कागजात वा पास बनाउन आवश्यक नभएको नेपाली दूतावासले जनाएको छ ।

फर्किन नचानेको हकमा भने आवागमन अनुमति पत्र लागू भएको मिति भन्दा अगाडी भिसा सकिएका वा लागू भए पछि भिसा सकिएकाहरुले तीस दिन भित्र निवेदन दिएर भिसा नियमित गर्न सक्ने पनि दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि कार्बाही गर्ने त्याहाँको सरकारले तयारी गरेको बताए । उनका अनुसार भिसाको म्याद र करार अवधि समाप्त भएर स्वदेश फिर्न चाहनेको संख्या झण्डै ७ हजार छ । दूतावासले यसबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको छ ।
अब त्याहाँ रहेका सात हजार नेपालीलाई फिर्ता ल्याउन सरकारले अहिले सम्म के तयारी गरेको सार्वजनिक भएको छैन ।
तर अध्ययन गरीरहेको बताउदै आएको छ ।

Image may contain: text

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी