रुसमा अस्पतालको झ्यालबाट तीन जना चिकित्सकले हामफाले !

रुसमा अस्पतालको झ्यालबाट तीन जना चिकित्सकले हामफाले !

  • बिहिबार, बैशाख २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

मस्को, २५ वैशाख / कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।

विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।

चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ ।

समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।

रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभको गत मे २ मा आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका कारण ज्यान गएको थियो । कोरोना संक्रमित डा शुलेपोभको त्यही अस्पतालमा उपचार हुँदै थियो ।

पश्चिम साइबेरियाको क्रानोयास्र्क शहरमा अप्रिल २५ मा डा येलेना नेपोमन्यास्चाया नाम गरेकी चिकित्सकको अस्पतालकै पाँचौं तलबाट खसेर ज्यान गयो । उहाँको मे १ तारिखका दिन अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो । अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताए पनि स्थानीय संचार माध्यमहरुले डा नताल्यामाथि कोरोनाभाइससँग सम्बन्धित तनाब नै मुख्यरुपमा जिम्मेवार रहेका बताएका छन् ।

रसियामा १ लाख ६६ भन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको र एक हजार ५३७ जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ