बैशाख २५ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३८ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ६४ हजार नाघेको छ । हजार नजिक पुगेको छ । १२ लाख ८८ हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ७४ हजार एक सय ६७ जना पुगेको छ । संक्रमितको संख्या पनि १२ लाख ५७ हजार नाघेको छ ।
त्यस पछि बेलायतमा मृतकको संख्या ३० हजार पार भएको छ । यो यूरोपका कुनै पनि देशमा सबै भन्दा धेरै हो । त्याहाँ संक्रमितको संख्या समेत दुई लाख नाघेको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या २९ हजार ६ सय ८४ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १४ हजार भन्दा बढी भएको छ ।
स्पेनमा मृतकको संख्या २५ हजार ८ सय ५७ पुगेको छ भने संक्रमितको संख्या २ लाख ५३ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २५ हजार ८ सय ९ भएको छ भने करीब १ लाख ७४ हजार भन्दा बढी छ ।
जर्मननीमा मृतकको संख्या ७ हजार २ सय ७५ पुगेको छ भने संक्रमित एक लाख ६८ हजार भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एक लाख ६५ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ५ सय ३७ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख ३१ हजार नाघेको छ भने ३ हजार ५ सय ८४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा मृतकको संख्या ८ हजार ५ सय २६ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख २५ हजार नाघेको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ४ सय १८ पुगेको छ भने संक्रमित एक लाख एक हजार नाघेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार २ सय २३ पुगेको छ भने संक्रमित ६३ हजार नाघेकोे छ ।
यसै गरी छिमेकी भारतमा संक्रमित करीब ५३ हजार पुगेको छ भने १ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २३ हजार नाघेकोे छ भने मृतकको संख्या ५ सय ५५ पुगेको छ ।