एजेन्सी बैशाख २५ । अमेरीकामा स्वयं राष्ट्रपति ट्रम्प, विदेश सचिव पोम्पेओ र रिपव्लिकन नेताहरुले कोरोना भाईरसलाई लिएर चीनमाथि दोषारोपाण मात्रै गरेका छैनन् , कि यसले स्वयं स्वेत जातिवादको पृष्टपोषण र अमेरीकी एशियाली मुलका मानिसहरुमाथि घृणा उत्पन्न गराउने काम भईरहेको छ भनेर यस अघि पनि आलोचना हुदै आएको थियो ।
केही दिन अघि मात्रै विविसीमा प्रकाशित रिपोर्ट अनुसार जातिय हिंशा अमेरीकामा बढ्न सक्ने धरातल तयार भएको रिपोर्ट प्रकाशित भएको थियो ।
नभन्दै अमेरीकामा त्यस्ता हिंशाका घटनाहरु शुरु भएका छन् । अमेरीकाको पेल्सिलभानियामा चीनीया मुलका एक प्रोफेसरलाई गोली हानेर हत्या गरिएको छ ।
३७ बर्षे बिउ लिंग पिटसर्ब विश्व विद्यालयका प्रोफेसर थिए । उनले कोरोना सम्बन्धि अनुसन्धान गरीरहेका थिए र त्यसको निष्कर्षमा पुग्न लागेका थिए । तर उनको गोली हानेरै हत्या भएको सार्वजनिक भएको छ ।
रिस टाउन स्थित आफ्नै निवासमा उनलाई टाउको , गर्धन, हात र खुट्टामा गोली लागेर मृत्यु भएको अवस्थामा प्रहरीले शब बरामद गरेको थियो । ४६ बर्षे अमेरीकी नागरिकले उनलाई गोली हानेर मारे पछि आफूले पनि कारमा आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
विश्व विद्यालयले शोक व्यक्त गर्दै सार्स कोव २ का बारेरमा रिसर्च गरीरहेका उनले त्यस भाईरसका केही कोशीकाहरुको बारेमा अनुसन्धान निष्कर्षमा पुग्न लागेको बताएका थिए । तर त्यो पूरा हुन नपाउदै उनको हत्या भयो ।
पछिल्लो समय अमेरीकी समाजमा अस्थीरता बढ्ने र खास गरी जातिवादी हिंशा समेत बढ्न सक्ने विष्लेषण शुरु भएको छ ।