बैशाख २४ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम रोकिएको छैन । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३७ लाख २३ हजार मानिस संक्रमित भएका छन् भने मृतकको संख्या २ लाख ५८ हजार नजिक पुगेको छ । १२ लाख ४० हजार मानिस कोरोना ठीक भएर घर फर्कन सफल भएका छन् ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा कुल मृतकको संख्या ७२ हजार नजिक पुगेको छ । संक्रमितको संख्या पनि १२ लाख ३६ हजार पार भएको छ ।
त्यस पछि युरोपमा सबै भन्दा धेरै मृत्यु हुने मुलुकमा ईटालीलाई बेलायतले उछिनेको छ । बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ भने एक लाख ९४ हजार बढी संक्रमित भएका छन् ।
ईटालीमा मृत्यु हुनेको संख्या २९ हजार ३ सय १५ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख १३ हजार भन्दा बढी भएको छ ।
स्पेनमा मृतकको संख्या २५ हजार ६ सय १३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ५० हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २५ हजार ५ सय ३१ भएको छ भने करीब १ लाख ७० हजार ५ सय ५१ संक्रमित भएका छन् ।
जर्मननीमा मृतकको पछिल्लो २४ घण्टामा कुनै मृत्यु भएको विवरण छैन । त्यहाँ कुल मृतकको संख्या ६ हजार ९ सय ९३ छ भने संक्रमित एक लाख ६७ हजार भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एक लाख ५५ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ४ सय ५१ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २९ हजार नाघेको छ भने ३ हजार ५ सय २० जनाको मृत्यु भएको छ ।
ब्राजिलमा मृतकको संख्या ७ हजार ९ सय २१ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख १४ हजार नाघेको छ ।
ईरानमा मृतकको संख्या ६ हजार ३ सय ४० पुगेको छ भने संक्रमित एक लाख नजिक पुगेको छ ।
क्यानडामा मृतकको संख्या ४ हजार पार भएको छ भने संक्रमित ६२ हजार नाघेकोे छ ।
यसै गरी छिमेकी भारतमा संक्रमित ४९ हजार ४ सय पुगेको छ भने १ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २२ हजार पुगेको छ भने ृतकको संख्या ५ सय १४ पुगेको छ ।