अमेरीकाले कोरोना टास्क फोर्स भंग गर्दै

अमेरीकाले कोरोना टास्क फोर्स भंग गर्दै

  • बुधबार, बैशाख २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी बैशाख २४ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना टास्क फोर्स भंग गर्ने तयारी भएको पुष्टी गरेका छन् ।
ट्रम्पले टास्क फोर्सले आफ्नो भूमिका राम्रोसगँ पुरा गरेको तर अब यसमा केही परिवर्तन गर्ने बताए ।
उपराष्ट्रपति माईक पेन्सले पनि कोरोना टास्क फोर्स आउदो केही हप्तामा अन्त्य गर्ने बताए ।
अमेरीकामा अहिले संक्रमण र मृत्यु दरमा केही कमी आएर दैनिक २० हजार बढी संक्रमित र एक हजार बढीको मृत्यु भईरहेको छ ।
हाल सम्म अमेरीकामा १२ लाख मानिस संक्रमित हुनुका साथै ७० हजार बढीको मृत्यु भईसकेको छ ।
ट्रम्पले टास्क फोर्स अन्त्य पछि पनि कोरोना बिरुद्धको अभियान समाप्त नहुने बताए ।

ट्रम्पले श्वास्थ्य विज्ञ र सल्लाहकारहरुको यो टास्क फोर्स भंग गरेर त्यसमा आफ्नो ज्वाईलाई नियुक्त गर्न खोजेको अमेरीकी सञ्चारमाध्यमहरुको दाबी छ । उनका ज्वाई एक व्यापारी हुन् , जो लकडाउन खोलेर व्यापार शुरु गर्नु पर्छ भन्ने पक्षमा रहदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ