बैशाख २३ एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भार्ईरसका कारण संक्रमित र मृतकको संख्या थपिने क्रम रोकिएको छैन । तर दैनिक मृत्यु दरमा भने केही कमी भएको देखिएको छ । यो खबर तयार पार्दा सम्म कोरोनाले विश्वमा ३६ लाख ४० हजार मानिस संक्रमित भएका छन् भने २ लाख ५१ हजार भन्दा बढीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार हाराहारी मानिसको मृत्यु भएको छ ।
यूरोप र अमेरीकामा समेत केही दिन यता दैनिक मृत्युदरमा केही कमी आएको देखिएको छ । करीब १२ लाख नजिक मानिसहरु निको समेत भएका छन् ।
अमेरीकामा कुल मृतकको संख्या ६९ हजार ६ सय १७ पुगेको छ । संक्रमितको संख्या पनि १२ लाख पार भएको छ ।
ईटालीमा मृत्यु हुनेको संख्या २९ हजार ७९ पुगेको छ । त्याहाँ संक्रमितको संख्या २ लाख ११ हजार भन्दा बढी भएको छ ।
त्यसै गरी बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ७ सय ३४ पुगेको छ । संक्रमित एक लाख ९० हजार ५ सय ८४ पुगेको छ ।
स्पेनमा मृतकको संख्या २५ हजार ४ सय २८ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४८ हजार बढी रहेको छ ।
फ्रान्समा कुल मृतकको संख्या २५ हजार २ सय १ भएको छ भने करीब १ लाख ६९ हजार ४ सय ६२ संक्रमित भएका छन् ।
जर्मननीमा मृतकको संख्या ६ हजार ९ सय ९३ पुगेको छ भने संक्रमित एक लाख ६६ हजार भन्दा बढी छ ।
रुसमा संक्रमितको संख्या एक लाख ३५ हजार नाघेको छ भने मृतकको संख्या १ हजार ३ सय ५६ पुगेको छ ।
यस्तै टर्कीमा संक्रमितको संख्या एक लाख २७ हजार नाघेको छ भने ३ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा मृतकको संख्या ७ हजार ३ सय २८ पुगेको छ भने संक्रमितको संख्या पनि एक लाख ७ हजार नाघेको छ ।
ईरानमा मृतकको संख्या ६ हजार २ सय ७७ पुगेको छ भने संक्रमित ९८ हजार ६ सय ४७ पुगेको छ ।
क्यानडामा मृतकको संख्या ३ हजार ८ सय ४२ पुगेको छ भने संक्रमित ६० हजार नाघेकोे छ ।
यसै गरी छिमेकी भारतमा संक्रमित ४६ हजार ४ सय ३७ पुगेको छ भने १ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।
यसै गरी पाकिस्तानमा संक्रमितको संख्या बढेर २० हजार ९ सय ४१ पुगेको छ भने ृतकको संख्या ४ सय ७६ पुगेको छ ।