एजेन्सी बैशाख २३ । भारतको नियन्त्रणमा रहेको काश्मीरको हन्तवाडा जिल्लामा पृथकताबादी शसस्त्र समूहले ४८ घन्टाभित्र दोस्रो आक्रमण गर्दा तीन जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । त्याहा दुई दिन अघि मात्र हतियारधारी समुहको आक्रमणमा परि भारतीय सेनाको कर्णेल र मेजर सहित ५ जनाको मृत्यु भएको थियो ।
आज सोही जिल्लामा गस्तीमा हिडेका सिआरएफको टोलिमाथी हमला भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भीडन्तमा एक आक्रमणकारी पनि मारिएको जनाइएको छ ।
गत अगस्ट ५ मा काश्मिरको स्वायत्तता हटाउदै बिभाजन गरिए पछि भारत सरकार विरुद्ध आक्रमण बढन थालेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline