बैशाख २२ एजेन्सी । पहिला देखि नै ब्यापार युद्ध, दक्षिणी चीनीया सागरको विवाद जस्ता समस्यामा फसेका दुई ठूला अर्थतन्त्र भएका मुलुक चीन र अमेरीकाबीचको शब्द (वर्ड) युद्ध कोरोना पछि चर्किदै गएको छ ।
आईतबार अमेरीकी विदेश सचिव माईक पोम्पियोले फेरी नोवेल कोरोना भाईरस चीनको वुहानको ल्याबमा भएको जिकिर गरे पछि चीनले कडा प्रतिवाद गरेको छ ।
पोम्पेओले चीनले विश्वामा महामारी फैलाएको, उसले कमजोर र असुरक्षित प्रयोगशालाहरु चलाएको जस्ता आरोप पोम्पेओले लगाएका छन् । त्यसो त राष्ट्रपति ट्रम्पले पनि यस्ता आरोपहरु लगाउदै आएको छ ।
यता चीनले पनि लगातार अमेरीकाको उक्त आरोपहरु देश भित्र कोरोना नियन्त्रण गर्न असफल भए पछि आउदो निर्वाचन केन्द्रीत रहेर जनता र मतदातालाई मुर्ख बनाउन प्रोपोगाण्डाको बिषय बनाएको बताएको छ ।
चीनीया अधिकारीहरुले पनि यस अघि उक्त भाईरस अमेरीकी सेना मार्फत सरेको हुन सक्ने आरोप लगाएका थिए । साथै वुहान ल्यावबाट भाईरस पैदा भएको कुरा खण्डन गर्दै आएको छ ।
विश्व स्वास्थ्य संगठनले समेत कोरोना भाईरस प्राकृतिक रुपमा पैदा भएको बताईसकेको छ ।
मानवजातिका लागि तत्काल कोरोना भाईरस नियन्त्रण र आर्थिक व्ववस्था पुनः सुचारु गर्ने आवस्यकता रहेका बेला दुई शक्तिशाली मुलुक प्रचार युद्धमा होमिए पछि त्यसको आलोचना हुदै आएको छ ।
चीनीया अधिकारीहरुले अमेरिकी राष्ट्रपति चुनावी अभियानहरू चलिरहँदा, ट्रम्प प्रशासनले यस महामारीको बिरूद्ध लड्न प्रदर्शन गरेको असक्षमताबाट ध्यान हटाउनको लागि चीन विरोधी रणनीति लागू गरेको दावी गर्दै आएका छन् ।
भाइरसको उत्पत्ति गम्भीर वैज्ञानिक चिन्ताको विषय हो। हालसम्म, कुनै पनि विश्व प्रसिद्ध वैज्ञानिकले वुहान इन्स्टिच्युट अफ भाइरोजलाई भाइरस चुहिएको आरोप लगाएका छैननर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा काम गर्ने अमेरिकी गुप्तचर एजेन्सीहरू यस अनुसन्धानमा संलग्न भएको छ ।
यदि वाशिंगटनसँग ठोस प्रमाण छ भने यसले अनुसन्धान संस्थान र वैज्ञानिकहरूलाई जाँच गर्न र प्रमाणित गर्न दिनुपर्दछ । ग्लोबल टाईम्सले लेखेको छ ।
यस्तो अफवाह फैलाउने अमेरिका र अन्य पश्चिमी देशहरूको उत्पादन हो जुन चीनको बिचारमा वैचारिक पक्षपात गर्दछ, त्यसैले उनीहरूका नेताहरूले जनमतलाई हेरफेर गर्न सक्दछन्। यो लक्ष्य हासिल गर्न अमेरिकाले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरिरहेको छ । ग्लोबल टाईम्सको अनलाईन संस्करणमा लेखिएको छ ।